बीवाईडीको ऐतिहासिक उपलब्धि, १०७ अर्ब डलर आम्दानीसहित टेस्लालाई उछिन्यो

बीवाईडीले सन् २०२४ मा १०७ अर्ब अमेरिकी डलरको वार्षिक आम्दानी गर्दै एलन मस्कको टेस्लालाई उछिनेको छ । टेस्लाले सोही अवधिमा ९७.७ अर्ब डलर आम्दानी प्राप्त गरेको थियो । बीवाईडीको नाफा पनि ३४ प्रतिशत वृद्धि भई ५ अर्ब ५६ करोड डलर पुगेको छ ।

बीवाईडीले २०२४ को चौथो त्रैमासिकमा आफ्नो नाफा ७३ प्रतिशतले बढेको बताएको छ । कम्पनीले २०२४ मा आफ्नो वार्षिक आम्दानी १०० अर्ब डलर नाघ्ने पनि बताएको छ। यसरी यसले अमेरिकी अटो कम्पनी टेस्लालाई पछाडि पारेको छ। बीवाईडीको  सफलताको सबैभन्दा ठुलो कारण यसको कारको मूल्य पनि एक हो।

२०२४ मा बीवाईडीले विश्व बजारमा १७ लाख ९० हजार थान कार बेचेको छ । सोही अवधिमा टेस्लाको विक्री १७ लाख ६० हजार थान थियो । 

बीवाईडीले हालै क्विन एल ईभी सेडान कार लन्च गरेको छ, जुन टेस्ला मोडल ३ जस्तै देखिन्छ तर यसको मूल्य ४० प्रतिशत कम छ ।  साथै चिनियाँ अटो जायन्टले सुपर फास्ट ईभी चार्जिङ सिस्टम पनि सुरु गरेको छ । कम्पनीले यसबाट पेट्रोल पम्पमा तेल भरिए जस्तै छिटो गाडी चार्ज हुने बताएको छ ।

सम्बन्धित समाचारहरू

एमपीभी सेगमेन्टमा बीवाईडी एम६ को दमदार इन्ट्री, एकै पटक १०० डेलिभरीले दिएको संकेत

एमपीभी सेगमेन्टमा बीवाईडी एम६ को दमदार इन्ट्री, एकै पटक १०० डेलिभरीले दिएको संकेत

काठमाडौं– निजी र व्यावसायिक दुवै प्रयोजनमा प्रयोग गर्न मिल्ने ७ सिटर...

नेपालमा बीवाईडी ईभी किन्दा अब ब्याट्री, मोटर र पार्ट्स लगायत समग्र गाडीमा थप वारेन्टी

नेपालमा बीवाईडी ईभी किन्दा अब ब्याट्री, मोटर र पार्ट्स लगायत समग्र गाडीमा थप वारेन्टी

बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले...

अमेरिकामा टेस्लाको रोबोट्याक्सी सेवा सुरु

अमेरिकामा टेस्लाको रोबोट्याक्सी सेवा सुरु

विश्वका सबैभन्दा चर्चित उद्यमी एलन मस्कको कम्पनी टेस्लाले अमेरिकी शहर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...