एवोन भीको दुई भेरिएन्ट पोखरामा सार्बजनिक

पोखरा - नेपाली बजारमा हालसालै भित्रिएको बिद्युतिय कार एवोन भी पोखरामा पनि सार्वजनिक भएको छ । एवोन ब्राण्डका लागि यस क्षेत्रको आधिकारिक बिक्रेता रे मोटर्सले पोखरामा जारी अटो शोको अवसरमा पारेर गाडी सार्वजनिक गरेको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गाडी सार्वजनिक गरेका हुन् ।

एवोन भी एलिट र लक्जरी गरी दुई भेरिएन्टमा उपलब्ध छन् । जसको मूल्य क्रमशः ६४ लाख ९९ हजार र ६९ लाख ९९ हजार निर्धारण गरिएको छ । यस नयाँ कारको एलिट भेरियन्टमा ६२.७ किलोवाट आवरको र लक्जरी भेरिएन्टमा ७५.३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । दुबै भेरिएन्टमा नयाँ विशेषतायुक्त म्यागेजिन ब्याट्री जाडन गरिएको हो ।जसको रेन्ज भने क्रमशः ५२० किलोमिटरको र ६५० किलोमिटर दाबी गरिएको छ ।

लक्जरी भेरियन्टमा चालक र सहचालकका लागि ८ पोइन्ट मसाज सिट र आर्मरेस्टमा इनबिल्ट फ्रिजको सुविधा छ । दुबै भेरियन्टमा १५ ओटा स्मार्ट ड्राइभिङ फङ्सन, ७ एयरब्याग र फाइभ–स्टार सुरक्षा मापदण्ड छ ।

सम्बन्धित समाचारहरू

सांघाई अटो शो २०२५ : चिनियाँ र अन्तर्राष्ट्रिय ब्रान्डहरूको प्रतिस्पर्धा तीव्र

सांघाई अटो शो २०२५ : चिनियाँ र अन्तर्राष्ट्रिय ब्रान्डहरूको प्रतिस्पर्धा तीव्र

चीनको सांघाईमा अप्रिल २३ देखि मे २ सम्म सञ्चालन हुने वार्षिक अटो शो यसपटक...

कारको हेडलाइटलाई प्रोजेक्टरको रुपमा उपयोग गर्न सकिने एक्सपिक्सेल प्रविधि सार्वजनिक

कारको हेडलाइटलाई प्रोजेक्टरको रुपमा उपयोग गर्न सकिने एक्सपिक्सेल प्रविधि सार्वजनिक

चिनियाँ टेक्नोलोजी कम्पनी हुवावेले बेइजिङ अटो शोमा प्रस्तुत गरेको...

टोकियो मोबिलिटी शो २०२५ मा उड्ने कारदेखि फोल्डेबल इलेक्ट्रिक बाइकसम्म

टोकियो मोबिलिटी शो २०२५ मा उड्ने कारदेखि फोल्डेबल इलेक्ट्रिक बाइकसम्म

टोकियो मोबिलिटी शो २०२५ जापानको टोकियोमा सुरु भएको छ। जापान अटोमोबाइल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...