आधुनिक प्रविधिले सुसज्जित रोयल इन्फिल्ड क्लासिक ६५० लन्च

राेयल इन्फिल्डले आफ्नो लोकप्रिय बाइक नयाँ क्लासिक ६५० मोटरसाइकल लन्च गरेको छ । सो बाइक केही हदसम्म क्लासिक ३५० सँग मिल्दोजुल्दो छ । यसमा ६५० सीसी इन्जिन जडान गरिएको छ ।

नयाँ क्लासिक ६५० मोटरसाइकल हट रड, क्लासिक टिल र क्रोम ब्ल्याक गरी ३ भेरिएन्टमा पेश गरिएको छ । सो बाइकमा आधुनिक प्रविधि प्रयोग गरिएको छ । ६५० सीसी ट्विन-मोटर प्लेटफर्ममा निर्मित सो बाइकमा अगाडि झुकेको डिजाइन रहेको छ । यसमा चौडा टायर प्रदान गरिएको छ ।  साथै टियरड्रप आकारको इन्धन ट्याङ्की, एलईडी हेडलाइट र टेललाइट प्रदान गरिएको छ ।

सो बाइकमा ओडोमिटर, ट्रिप मिटर, फ्युल लेभल इन्डिकेटर, सर्भिस रिमाइन्डर, गियर पोजिसन इन्डिकेटर र घडी लगायत अन्य महत्त्वपूर्ण जानकारी देखाउने डिजिटल एलसीडी स्क्रिन छ ।  बाइकको तौल करिब २४३ किलोग्राम छ र यसमा १४.७ लिटरको इन्धन ट्याङ्की जडान गरिएको छ ।

नयाँ रोयल इन्फिल्ड क्लासिक ६५० मा इन्जिन र पावरको लागि ६४८ सीसीको आयल कुल्ड ट्विन सिलिन्डर इन्जिन छ, जसले ४७ हर्सपावर र ५२.३ एनएमकाे पिक टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स र प्रिमियम सस्पेन्सन दिइएको छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डको नयाँ हन्टर ३५० बाइकको भिडियो सार्वजनिक, अर्को वर्ष लन्च हुने

रोयल इन्फिल्डको नयाँ हन्टर ३५० बाइकको भिडियो सार्वजनिक, अर्को वर्ष लन्च हुने

रोयल इन्फिल्डले सन् २०२२ मा नयाँ मोडल लन्च गर्ने तयारी गरिरहेको छ ।...

रोयल इन्फिल्डले २०२२ मा ५ नयाँ मोडलका मोटरसाइकल ल्याउने

रोयल इन्फिल्डले २०२२ मा ५ नयाँ मोडलका मोटरसाइकल ल्याउने

क्रुजर सेग्मेन्टमा सर्बाधिक लोकप्रिय रोयल इन्फिल्डले सन् २०२२ मा ५ नयाँ...

दमदार इन्जिनसहित रोयल इन्फिल्डले सार्वजनिक ग-यो स्क्राम ४११ मा आधारित नयाँ स्क्राम ४४०

दमदार इन्जिनसहित रोयल इन्फिल्डले सार्वजनिक ग-यो स्क्राम ४११ मा आधारित नयाँ स्क्राम ४४०

रोयल इन्फिल्डले भारतमा रोयल इन्फिल्ड स्क्राम ४४० सार्वजनिक गरेको छ । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...