चर्चामा रहेका सुपर ई–प्ल्याटफर्म लगायतका बीवाईडीका नयाँ प्रविधि वारे विस्तृत जानकारी

बीवाईडीले सुपर ई–प्ल्याटफर्म, फ्ल्यास चार्जिङ ब्याट्री, ३० हजार आरपीएम मोटर र नयाँ सिलिकन कार्बाइड (एसआईसी) पावर चिप्स लन्च गरेको छ । गत मार्च १७ मा लन्च गरिएको सो प्ल्याटफर्मले कोर इलेक्ट्रिक कम्पोनेन्टलाई अपग्रेड गरेको छ, जसबाट १ मेगावाट अर्थात १ हजार किलोवाट चार्जिङ पावर र २ किलोमिटर प्रतिसेकेन्डको पिक चार्जिङ स्पिड प्राप्त गर्न सकिन्छ । यसबाट सवारी साधनलाई ५ मिनेट चार्ज गर्दा ४०० किलोमिटर रेन्ज प्राप्त गर्न सकिन्छ र यो सबैभन्दा तीव्र गतिको चार्जिङ क्षमता हुनेछ ।

  • बीवाईडी सुपर ई–प्ल्याटफर्म : फुल–डोमेन १००० भोल्ट हाई–भोल्टेज आर्किटेक्चर
  • बीवाईडी फ्ल्यास चार्जिङ ब्याट्री : १००० एम्पियरको चार्जिङ करेन्ट र १०सी चार्जिङ रेट, विश्वकै सबैभन्दा तीव्र
  • बीवाईडी मेगावाट फ्ल्यास चार्जिङ : २ किलोमिटरका लागि १ सेकेन्ड चार्ज
  • बीवाईडी हान एल र टाङ एल चीनमा औपचारिक प्रि–सेल

सो सुपर ई–प्ल्याटफर्मले ५८० किलोवाटको सिंगल मोड्युल, सिंगल मोटर पावर डेलिभर गर्न सक्छ भने यसको टप स्पिड ३०० किलोमिटर भन्दा बढी हुनेछ । हालै चीनमा प्रि–अर्डर खुला गरिएको हान एल र टाङ एल ईभीमा यो सुपर ई–प्ल्याटफर्म उपलब्ध हुनेछ ।

ईभी प्रविधिमा भइरहेको उपलब्धिसँगै यसमा हुने ‘चार्जिङ एन्जाइटी’ भने अझै धेरैका लागि चिन्ताको विषय बनेको छ । यसै सन्दर्भलाई लक्ष्यित गरी सो लन्च इभेन्टमा बीवाईडीका चेयरम्यान तथा प्रेसिडेन्ट वाङ चुआन्फुले ‘ग्यासोलिन कार जति नै छिटो चार्जिङ क्षमता विकास गर्नु नै अन्तिम समाधान’ भएको बताए ।

रिफ्युलिङ स्पिडसँग मिल्ने मेगावाट फ्ल्यास चार्जिङ

यसका लागि अल्ट्रा–हाई भोल्टेज र करेन्टको आवश्यकता पर्छ । नयाँ लन्च गरिएको सुपर ई–प्ल्याटफर्म प्यासेन्जर भेइकलका लागि विश्वकै पहिलो मास–प्रोड्युस्ड ‘फुड–डोमेन १००० भोल्ट हाई–भोल्टेज आर्किटेक्चर’ हो । यसले ब्याट्री, मोटर, पावर सप्लाई, एयर कन्डिसनिङ र अन्य कम्पोनेन्टलाई १ हजार भोल्ट सम्म ल्याउछ ।

बीवाईडीले औपचारिक रुपमा फ्ल्यास चार्जिङ ब्याट्री समेत लन्च गरेको छ । पोजिटिभ र नेगेटिभ इलेक्ट्रोडबाट यसले ब्याट्रीको आन्तरिक अवरोधलाई ५० प्रतिशत सम्म घटाउछ र अल्ट्रा–फास्ट आयोन च्यानल निर्माण गर्छ । यसबाट चार्जिङ करेन्ट १ हजार एम्पियर पुग्छ भने चार्जिङ रेट १०सी पुग्छ । यी दुवै विश्व रेकर्ड हुन् ।

१ हजार भोल्टको अल्ट्रा–हाई भोल्टेज र १ हजार एम्पियरको अल्ट्रा–हाई करेन्टको सहयोगमा बीवाईडीको फ्ल्यास चार्जिङ ब्याट्रीले विश्वकै सबैभन्दा ठूलो १ मेगावाट अर्थात १ हजार किलोवाटको मास–प्रोड्युस्ड चार्जिङ पावर प्रदान गर्न सक्छ । मेगावाट फ्ल्यास चार्जिङबाट १ सेकेन्ड चार्ज गर्दा २ किलोमिटर गुडाउन सकिने विश्वकै उच्च गतिको चार्जिङ स्पिड प्राप्त गर्न सकिन्छ ।

फ्ल्यास चार्जिङ ब्याट्री प्रयोग भएको हान एललाई ५ मिनेट चार्ज गर्दा ४०० किलोमिटरको रेन्ज दिन्छ । पहिले कुनै ग्यासोलिन कारमा इन्धन भर्न ५ देखि ८ मिनेट लाग्थ्यो । हाल त्यही रेन्जका लागि इलेक्ट्रिक सवारीलाई चार्ज गर्न ५ देखि ८ मिनेट नै लाग्ने भएको छ । यसबाट रिफ्युलिङ अर्थात इन्धन भर्न लाग्ने समय जति नै चार्जिङ समय लाग्ने उपलब्धि हासिल हुने भएको छ ।

ईभी पर्फमेन्सको लिमिटमा ब्रेक : विश्वकै पहिलो मास–प्रोड्युस्ड ३०,००० आरपीएम मोटर

सोही लन्च इभेन्टमा बीवाईडीले विश्वकै पहिलो मास–प्रोड्युस्ड ३०,००० आरपीएम मोटर समेत सार्वजनिक ग-यो । सो इभेन्टमा बीवाईडीका सिनियर भाइस प्रेसिडेन्ट लुओ होङबिनले भने, ‘३०,००० आरपीएम मोटरले सवारी साधनको गति बढाउने मात्र नभई पावर डेन्सिटी बढाएर मोटरको तौल र आकार घटाउने समेत कार्य गर्दछ ।’

नेक्स्ट–जेनअ टोमोटिभ–ग्रेड एसआईसी पावर चिप्स

अल्ट्रा–हाई पावर चार्जिङसँग मिल्ने गरी बीवाईडीले नेक्स्ट–जेनेरेसन अटोमोटिभ–ग्रेड एसआईसी पावर चिप्स समेत आफै विकास गरेर उत्पादन गरेको छ । यी चिप्सको भोल्टेज रेटिङ १,५०० भोल्ट सम्म हुन्छ । यो सबैभन्दा उच्च भोल्टेज रेटिङ सहित ईभी उद्योगकै पहिलो मास–प्रोड्युस्ड अटोमोटिभ–ग्रेड एसआईसी पावर चिप्स हो ।

मेगावाट फ्ल्यास चार्जिङ इकोसिस्टम पुरा गर्ने मेगावाट फ्ल्यास चार्जिङ टर्मिनल

मेगावाट फ्ल्यास चार्जिङले चार्जिङ स्टेसनका लागि उच्चतम स्ट्यान्डर्ड माग गर्दछ । बीवाईडीका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट तथा अटोमोटिभ इन्जिनियरिङ रिसर्च इन्स्टिच्युटका प्रेसिडेन्ट लियान युबोले भने, ‘१३६० किलोवाट सम्म उच्चतम क्षमताको विश्वकै पहिलो अल–लिक्विड–कुल्ड मेगावाट फ्ल्यास चार्जिङ टर्मिनल सिस्टम बीवाईडीले आफै विकास गरेको छ । भविष्यमा हामीले चीनमा ४ हजार मेगावाट भन्दा बढी क्षमताको फ्ल्यास चार्जिङ स्टेसन निर्माण गर्ने योजना बनाएका छौ । साथै, बीवाईडीको फरक खालको ‘ड्युअल–गन चार्जिङ’ प्रविधिले हालको सुपर चार्जिङ पाइललाई फ्ल्यास चार्जिङ र फास्ट चार्जिङ पाइललाई सुपरचार्जिङमा तुरुन्तै रुपान्तरण गर्न सक्छ । हाम्रो विश्वकै पहिलो ‘इन्टेलिजेन्ट भोल्टेज बुस्ट’ चार्जिङ टेक्नोलोजी पब्लिक फास्ट चार्जिङ पाइलसँग कम्प्याटिबल छ र कुनै पनि स्टेसनमा चार्ज गर्न सकिन्छ ।’

बीवाईडी हान एल र टाङ एलमा सुपर ई–प्ल्याटफर्म : प्रि–अर्डर खुला

बीवाईडीको सुपर ई–प्ल्याटफर्म प्रयोग भएको पहिलो मोडल बीवाईडी हान एल र टाङ एल हुनेछ र चीनमा यसको प्रि–सेल औपचारिक रुपमा सुरु भएको छ । आगामी अप्रिल महिनामा लन्च गर्ने योजना रहेको सो प्ल्याटफर्म विश्वकै सबैभन्दा पावरफुल प्रोफेसनल प्योर इलेक्ट्रिक प्ल्याटफर्म हुनेछ । यसले इलेक्ट्रिक मोबिलिटीलाई पुनःपरिभाषित गर्ने र विश्वव्यापी रुपमा भइरहेको प्योर इलेक्ट्रिक टेक्नोलोजीको विकासको ट्रेन्डलाई नेतृत्व गर्नेछ ।

सम्बन्धित समाचारहरू

अर्थमन्त्री र अर्थसचिवले टेस्ट राइड गरे पश्चात फेरि चर्चामा विद्युतीय मोटरसाइकल ‘यात्री’

अर्थमन्त्री र अर्थसचिवले टेस्ट राइड गरे पश्चात फेरि चर्चामा विद्युतीय मोटरसाइकल ‘यात्री’

काठमाडौं – नेपाली युवा व्यवसायीहरुको स्टार्ट अप कम्पनी यात्री...

टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटरको नयाँ बेस र टप भेरिएन्ट थप

टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटरको नयाँ बेस र टप भेरिएन्ट थप

टीभीएसले आफ्नो एक मात्र इलेक्ट्रिक स्कुटर आईक्युबको नयाँ भेरिएन्ट थपेको छ...

को–को हुन सक्छन् वुलिङ एयर इभीको नेपालमा लक्षित ग्राहक ?

को–को हुन सक्छन् वुलिङ एयर इभीको नेपालमा लक्षित ग्राहक ?

नेपाली बजारका लागि लामो समयदेखी प्रतिक्षा गरिँदै आएको वुलिङ एयर इभीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...