१५०० सीसी माथिको कार र इलेक्ट्रिक कारमा बढ्यो कर : यस्तो छ अन्य व्यवस्था
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट...
काठमाडौं – एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रालिले पोखरामा आयोजना हुने वाडा अटो शोमा आफ्नो नयाँ ईभी प्रदर्शनी गर्ने भएको छ । भोलिदेखी सुरु हुने उक्त मेलामा कम्पनीले एलईभी ०१ का दुई भेरिएन्ट शोकेस गर्न लागेको हो ।
कम्पनीका सेल्स हेड नविन फुयाँलका अनुसार गाडी खरिद गर्न चाहने ग्राहकलाई मेला स्थलबाटै विभिन्न छुट र सुबिधा समेत प्रदान गरिनेछ । नेपाली बजारमा एलईभी ०१ स्ट्यान्डर्ड र कम्फर्ट गरी दुई भेरिएन्टमा उपलब्ध छ । ६७.१२ किलोवाट आवरको ब्याट्री प्याक भएको एलईभी ०१ मा ९९ किलोवाटको फ्रन्ट ह्विल ड्राइभ मोटर राखिएको छ ।
यो मोटरले ३०० एनएमको टर्क उत्पन्न गर्छ । एलईभी ०१ मा नेपालको बाटो सुहाउँदो २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको कम्पनीले बताएको छ । प्योर इलेक्ट्रिक प्लेटफर्म एलईभी एक्समा बनेको यो ईभीमा ब्याट्री प्याक पोजिसन साइड बडीभन्दा अझै माथि रहेको छ ।
यसको ब्याट्री प्याक र ग्राउण्डबीचको दूरी २२१ एमएम रहेको छ । एलएस अटो एलईभी ०१ मा एसभोल्टको हनिकम्ब आर्किटेक्चरमा डिजाइन गरिएको लिथियम आइरन फस्फेट ब्याट्री प्याक जडान गरिएको छ ।
यो ईभीले एक पटकको फुल चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ । प्रिमियम डिजाइन रहेको एलईभी ०१ मा होरिजन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप रहेको छ भने पछाडि सस्पेन्डेड टेललाइट डिजाइन उपलब्ध गराइएको छ ।
गाडीमा लेदरेट स्टेरिङ ह्विल तथा सिट कभर ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट, लग्जरी क्याबिन स्पेस, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्स्टुमेन्टल क्लस्टर, प्यानोरामिक सनरूफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोड जस्ता सुविधाहरू दिइएको छ ।
यस्तै, सुरक्षाका लागि यो ईभीमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ईपीएस, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, क्रूज कन्ट्रोल, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल आदि सुविधाहरू पनि दिइएको छ ।
युरो एनक्यापबाट क्र्यास टेस्टमा ५–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको यस गाडीको खरिदमा कम्पनीले ८ वर्षवा १ लाख ५० हजार किलोमिटर सम्मको मोटर तथा ब्याट्रीमा वारेन्टी दिएको छ । नेक्सन भेन्चरले स्ट्यान्डर्ड एडिसनको मूल्य ६१ लाख ९५ हजार तथा कम्फर्ट एडिसनको मूल्य ६९ लाख ९५ हजार रुपैयाँ कम्पनीले तोकेको छ ।
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट...
हार्ले डेभिडसनले ३५० सीसी सेगमेन्टमा अहिलेसम्मकै सस्तो बाइक एक्स ३५० लन्च...
नेपाली बजारमा केही समय पहिले भित्रिएका मिकु ब्रान्डका इलेक्ट्रिक बाइक फरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...