युरोकपमा सहभागी हुँदै बीवाईडी गाडी खरिद र बुकिङ गर्ने यी ११ भाग्यशाली
काठमाडौं – नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ११...
काठमाडौं – नेपाली बजारमा नयाँ नयाँ इलेक्ट्रिक कार अर्थात ईभी भित्रिरहेको समयमा आज औपचारिक रुपमा नयाँ ब्रान्डको ईभी भित्रिने भएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रोटोनको नयाँ ईभी इमास ७ औपचारिक रुपमा लन्च गर्दैछ ।
प्रोटोन इमास ७ पहिले नै २१ दिनको यात्रामा देशका सातवटै प्रदेशको यात्रा समापन गरिसकेको छ । नेपाली बजारका लागि उपयुक्त ईभीको रुपमा पहिचान कायम गर्न यसले सफलता प्राप्त गरेको कम्पनीको भनाइ छ ।
प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध सो नयाँ ईभीमा क्रमश ४९.५२ र ६०.२२ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिउको छ । यसको रेन्ज ३४५ र ४१० किलोमिटर दाबी गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा जिलीको ग्यालेक्सी ई५ नामले बिक्री हुँदै आएको यस नयाँ कारमा नयाँ पुस्ताको एजिस सर्ट ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जुन यसअघि प्रयोग गरिने एलएफपी ब्याट्रीभन्दा प्रभावकारी भएको कम्पनीको दाबी छ ।
यसमा विन्डशिल्ड हेडअप डिस्प्ले, फ्रन्ट भेन्टिलेटेड सिट जस्ता आधुनिक सुविधा उपलब्ध छन् । साथै, १२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली जडान गरिएको छ, जसले गाडीलाई उच्च कार्यसम्पादन र दक्षता प्रदान गर्ने उल्लेख गरिएको छ ।
जगदम्बा मोटर्सले प्राइम भेरिएन्टको मूल्य ५६ लाख ९९ हजार र प्रिमियम भेरिएन्टको ६७ लाख ९९ हजार निर्धारण गरेको छ । यसको बुकिङ केही समय पहिले देखि नै खुला गरिएको थियो ।
काठमाडौं – नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ११...
टीभीएस मोटरले नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस एक्स लन्च गरेको छ । लाइभ...
ओलाले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने तयारी गरिरहेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...