प्रो बुलेटले चैत ५ देखी ९ गतेसम्म ‘राइड टु मुस्ताङ’ आयोजना गर्ने
काठमाडौं– मोटरसाइकलमा साहसिक यात्रा गर्न रुचाउने राइडरहरुको समुह आगामी...
काठमाडौं–आगामी चैत्र १५ देखी १७ गतेसम्म जिरी मेनिया–२०२५ आयोजना हुने भएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ्सको मुख्य प्रायोजनमा आयोजना हुने उक्त ३ दिने राईड कार्यक्रममा २०० बढी राइडर सहभागी हुने बताइएको छ ।
नेपालका विभिन्न जिल्लाहरु, भारतका विभिन्न प्रान्तहरु, दक्षिण अफ्रिका, अमेरिका र फ्रान्सबाट राइडरहरु सहभागी हुने आयोजक संस्था काठडमाण्डु लिजेंड्सले जानकारी गराएको छ । यात्रामा सहभागी राइडरलाई जिरी नगरपालिका, जिरी उद्योग बाणिज्य संघ, जिरी होटल व्यवसायी संघ लगायत अन्य स्थानिय सरोकारवालाहरुले स्वागत गर्ने कार्यक्रम तय गरिएको छ ।
आयोजक संस्थाका अनुसार, कार्यक्रमा अबधीमा सहभागीहरुले जिरी क्षेत्रका रमणिय पर्यटकिय स्थलहरुको भ्रमण गर्नेछन् भने स्थानिय सांस्कृतिक कार्यक्रमहरु, लाइभ ब्याण्ड र डिजे मार्फत चलनचल्तिका प्रख्यात गित संगितहरुको मनोरन्जन, लिने, स्थानिय परिकारहरुको स्वाद लिने, कोशेली स्वरुप स्थानिय उत्पादनहरु खरिद गर्नेछन् ।

कार्यक्रममा सहभागी हुन न्यूतम दर्ता शूल्क निर्धारण गरिएको काठडमाण्डु लिजेंड्सका अध्यक्ष रमेश अवालेले बताए । उनले भने, ‘जिरीको इतिहासमा नै पहिलोपटक हुन लागेको यस मोटरसाइकल पर्यटनले जिरी भ्रमण वर्ष–२०२५ लाई टेवा पुर्याउनुको साथै जिरीको पर्यटन प्रबद्र्धन हुने र देश विदेशमा प्रख्यात स्थानिय उत्पापादनहरु चिज र बटरजस्ता अन्य कृषिजन्य उपजहरुको प्रचार प्रसार समेत हुनेछ ।'
काठमाडौं– मोटरसाइकलमा साहसिक यात्रा गर्न रुचाउने राइडरहरुको समुह आगामी...
रोयल इन्फिल्डले बेलायतको गुडवुड फेस्टिवल अफ स्पिडमा ८५० सीसी एड्भेन्चर...
काठमाडौं–मध्यम आकारको मोटरसाइकल(२५० सीसी–७५० सीसी) उत्पादनमा विश्व्यापी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...