ल्याम्बोर्गिनीले समेत इलेक्ट्रिक गाडी ल्याउने, पहिलो इलेक्ट्रिक कन्सेप्ट मोडल सार्वजनिक
ल्याम्बोर्गिनीले २०२३ मोटर कार विकमा आधिकारिक रूपमा ल्यान्जाडोरको...
पोखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले पोखरामा आयोजना गर्न लागेको ‘वाडा अटो शो २०२५’ मा प्रतिष्ठित अटो ब्रान्डहरुले स्टल राख्ने भएका छन् । नेपाली बजारमा लोकप्रिय रहेका ब्रान्डहरुले स्टल बुक गरिसकेका छन् । काठमाडौंमा हुने अटो शोमा जस्तै गरी पोखरामा हुने अटो शोमा पनि विद्युतीय गाडीहरुकै बाहुल्यता रहने भएको छ ।
चैत १४ देखि १७ सम्म पोखराको अमरसिंहचौरमा अटो शोे हुनेछ । पोखरामा पहिलो पटक हुन लागेको अटो शोेमा विद्युतीय चारपांग्रेतर्फ बीवाईडी, एक्सपेङ, केई, दिपल, हुन्डाई, टाटा, एमजी, स्काइवेल, रिडारा, सेरेस, ओमोडा, जेको, सिट्रोन, जिकर, नामी, किया, लिपमोटरले स्टल राख्ने भएका छन् । त्यसैगरी आईसीईतर्फ टोयोटा, सुजुकी, किया, इसुजु, निसान, महिन्द्रा लगायतका गाडीहरुको पनि सहभागिता रहनेछ । हुन्डाई, टाटा, कियाले इभीसँगै आईसीई गाडीलाई पनि सोकेस गर्नेछ । दुईपांग्रेतर्फ एथर, टीभीएस, यामाहा, बजाज, ट्रायम्फ, रोयल इन्फिल्ड लगायतका ब्रान्डले दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।
त्यसैगरी कामा, न्यु गो नाउ, स्काइवर्थ, हाइगर र डोङफेङ लगायतका लाइट कमर्सियल गाडीहरुको स्टल पनि अटो शोमा रहने वाडाका उपाध्यक्ष एवं अटो शोे संयोजक निरन केसीले जानकारी दिए । अटो शोेमा दुईपांग्रे, चारपांग्रे, लाइट कमर्सियल, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणर फुडकोर्ट लगायतको स्टल पनि रहनेछ ।
गाडी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी स्पट एक्स्चेन्ज तथा फाइनान्सिङको सुविधा पनि उपलब्ध रहने वाडाले जनाएको छ ।
ल्याम्बोर्गिनीले २०२३ मोटर कार विकमा आधिकारिक रूपमा ल्यान्जाडोरको...
जापानको सुजुकी मोटर कर्पोरेसनले भिजन ई–स्काई बीईभी कन्सेप्ट सार्वजनिक...
चीनको अग्रणी अटोमोबाइल निर्माता कम्पनी डोङफेङ मोटर ग्रुपले आफ्नै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...