प्रो बुलेटले चैत ५ देखी ९ गतेसम्म ‘राइड टु मुस्ताङ’ आयोजना गर्ने

काठमाडौं– मोटरसाइकलमा साहसिक यात्रा गर्न रुचाउने राइडरहरुको समुह आगामी चैत ५ गते मुस्ताङ यात्रामा निस्कने भएका छन् । ५ दिनसम्म चल्ने सो राइडमा ३० भन्दा बढी रोयल इन्फिल्ड मोटरसाइकल सहभगाी हुने आयोजक संस्था प्रो बुलेट सर्भिस सेन्टरले जनाएको छ ।

विगत ४ वर्षयता देशका विभिन्न स्थानमा राइड आयोजना गर्दै आएको प्रो बुलेट सर्भिस सेन्टरले यसपटक काठमाडौंदेखी मुस्ताङसम्म राइड गर्न लागेको हो । यस राइडमा सहभागी हुन इन्ट्रि फी बापत १६ हजार ५०० रुपैयाँ भुक्तानी गर्नुपर्ने प्रो बुलेटका संचालक प्रभात फुयाँलले बताए ।

उनका अनुसार राइडमा विगत १७ वर्षदेखी रोयल इन्फिल्ड मोटरसाइलको मेन्टिनेन्स कार्य गर्दै आएका वरिष्ठ टेक्निसियन अनिल दास समेत सहभागी हुनेछन् । जसका कारण यात्राको दौरान मोटरसाइकलमा समस्या आएर कोहीपनि राइडरले सास्ति खेप्नु पर्दैन ।

‘५ गते काठमाडौंबाट निस्केको राइडर टोली उक्त दिन पोखरास्थित बोदी सुइटमा बस्ने कार्यक्रम तय गरिएको छ । दोस्रो दिन मुस्ताङको विभिन्न रमणिय स्थल अवलोकन गर्दै र अफराईड यात्राको मजा लिँदै मुक्तिनाथ पुग्ने योजना छ । चैत ९ गते काठमाडौं फर्किएर सो राइड सम्पन्न हुनेछ’ दासले भने ।

यस राइडलाई रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ्स प्रालिले सहयोग गरेको हो । राइडमा सहभागी हुने राइडरले प्रो बुलेट सर्भिस सेन्टरबाट आफ्नो मोटरसाइकल सर्भिसिङ गराउँदा लाइफ टाइम निशूल्क सेवा पाउनेछन् । साथै उनीहरुलाई अवार्ड र विभन्न पुरस्कारमार्फत सम्मान समेत गरिनेछ ।

सम्बन्धित समाचारहरू

‘बोर्डरलेस वारेन्टि कार्यक्रम’ ल्याउने पहिलो भारितय ब्रान्ड बन्यो रोयल इन्फिल्ड

‘बोर्डरलेस वारेन्टि कार्यक्रम’ ल्याउने पहिलो भारितय ब्रान्ड बन्यो रोयल इन्फिल्ड

रोयल इन्फिल्डले आफ्नो मोटरसाइकलमा विश्वव्यापी वारेन्टी प्रदान गर्ने...

२०२६ मा रोयल इन्फिल्डको ठूलो योजना, सात नयाँ मोटरसाइकल लन्च हुँदै

२०२६ मा रोयल इन्फिल्डको ठूलो योजना, सात नयाँ मोटरसाइकल लन्च हुँदै

रोयल इन्फिल्डले भारतमा आफ्नो पोर्टफोलियोलाई अझ सशक्त बनाउँदै २०२६ मा सात...

रोयल इन्फिल्डद्वारा हिमालयन ४५० र्याली टिजर सार्वजनिक, अफरोड क्षमतामा ठूलो सुधार

रोयल इन्फिल्डद्वारा हिमालयन ४५० र्याली टिजर सार्वजनिक, अफरोड क्षमतामा ठूलो सुधार

रोयल इन्फिल्डले आफ्नो नयाँ अफ-रोड मोडल हिमालयन ४५० र्यालीको टिजर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...