टेस्ला मोडल वाई जुनिपर सार्बजनिक, यस्तो छ मुल्य र विशेषता
टेस्लाले आफ्नो वहुप्रतिक्षित बिद्युतिय कार मोडल वाई जुनिपर लन्च गरेको छ ।...
एलोन मस्कको कम्पनी टेस्लाले अहिले विभिन्न चुनौतीको सामना गरिरहेको छ, जसको कारण टेस्लाको कार बिक्री निरन्तर घटिरहेको छ । टेस्लाले आफ्नो कारको बिक्री विश्वभर घट्दै गएको कारण ग्राहकलाई आकर्षित गर्न धेरै आकर्षक अफर प्रदान गर्ने भएको छ ।
रिपोर्टका अनुसार कम्पनीले ग्राहकलाई आकर्षित गर्न शून्य प्रतिशत ब्याजदरमा ऋण र आजीवन निःशुल्क चार्जिङ जस्ता सुविधा प्रदान गर्दैछ । साथै केही मोडलमा कम ब्याजदर पनि प्रस्ताव गरिएको छ । कम्पनीले आफ्नो साइबरट्रकको बिक्री बढाउन १.९९ प्रतिशत ब्याजदर पनि प्रदान गर्ने भएको छ ।
साथै ग्राहकहरूलाई थप प्रोत्साहन गर्न टेस्लाले आफ्नो कारको आजीवन सुपरचार्जरको निःशुल्क प्रयोगको प्रस्ताव गरिरहेको छ । विश्वभर ६० हजार भन्दा बढी सुपरचार्जर अवस्थित भएकाले यी चार्जरले टेस्लाका इलेक्ट्रिक कारलाई केवल १५ मिनेटमा ३२२ किलोमिटरसम्मको गति प्रदान गर्न फास्ट चार्जिङ प्रदान गरेको छ ।
कम्पनीका अनुसार टेस्लाको नयाँ मोडल ३ मा ७ हजार ५०० डलर संघीय कर क्रेडिटको फाइदा लिने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा ऋण लिन अवसर पाउनेछ । यसको लागि कम्पनीको मापदण्ड पूरा गरेको हुनुपर्नेछ । तर कर क्रेडिट प्राप्त गर्न नचाहनेका लागि ०.९९ प्रतिशतको ब्याज दरमा ऋण पनि उपलब्ध छ ।
टेस्लाले हाल चीनमा आफ्ना मोडल ३ र मोडल वाई गाडीको खरिदका लागि शून्य प्रतिशत ब्याजदरमा पाँच वर्षसम्मको ऋण सुविधा प्रदान गरिरहेको छ । सो सुविधा जुलाई ३१ सम्म उपलब्ध हुनेछ, जसका लागि न्यूनतम डाउन पेमेन्ट ७९ हजार ९०० युआन तोकिएको छ।
टेस्लाले आफ्नो वहुप्रतिक्षित बिद्युतिय कार मोडल वाई जुनिपर लन्च गरेको छ ।...
टेस्लाले अमेरिकामा विभिन्न छुट र अफरहरूको प्याकेज ल्याएको छ । लगातार...
टोयोटाको लोकप्रिय एसयुभी र्याभ–४ विश्वमा सर्बाधिक बिक्री हुने कार बनेको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...