भारतीय ईभी सेगमेन्ट बिक्रीमा शीर्ष स्थानमा टाटा मोटर्स, दोस्रोमा एमजी हुँदा अन्य कुन ?

भारतीय बजारमा इलेक्ट्रिक गाडीको माग तीव्र रूपमा बढ्दै गइरहेको छ। फेब्रुअरी २०२५ मा टाटा मोटर्सले इलेक्ट्रिक सेगमेन्टमा आफ्नो प्रमुख स्थान कायम राख्दै कुल ३ हजार ८२५ इलेक्ट्रिक गाडी बिक्री गर्‍यो, जसले बजारको ४२.६५ प्रतिशत हिस्सा ओगटेको छ।

हाल टाटा मोटर्सले नेक्सन ईभी, टियागो ईभी, पन्च ईभी र टिगोर ईभी बिक्री गर्दै आएको छ, जसको मूल्य ७ लाख ९९ हजार देखि १९ लाख २९ हजार भारुसम्म छ ।

बिक्री सूचीमा एमजी मोटर्स दोस्रो स्थानमा छ । यस अवधिमा एमजी मोटर्सले कुल ३ हजार २७० युनिट कार बेचेको छ। जबकि हुन्डाई यस बिक्री सूचीमा तेस्रो स्थानमा छ । यस अवधिमा हुन्डाईले कुल ७ सय ३८ युनिट कार बेचेको छ।

साथै यस बिक्री सूचीमा कुल ४ सय ७८ युनिट इलेक्ट्रिक कार बिक्री गरी महिन्द्रा चौथो स्थानमा छ । यस बिक्री सूचीमा बीवाईडी पाँचौं, बीएमडब्ल्यु छैटौं, मर्सिडीज सातौं, सिट्रोन आठौं, भल्भो नवौं र किया दशौ स्थानमा परेको छ ।

सम्बन्धित समाचारहरू

परीक्षणको क्रममा देखियो केटीएमको इलेक्ट्रिक स्कुटर, छिट्टै लन्च हुने

परीक्षणको क्रममा देखियो केटीएमको इलेक्ट्रिक स्कुटर, छिट्टै लन्च हुने

केटीएमले.आफ्नो इलेक्ट्रिक स्कुटरको परीक्षण सुरु गरेको छ । केटीएमको पहिलो...

यी हुन् नेपाली बजारमा उपलब्ध करोड माथीका इलेक्ट्रिक कार, थप नयाँ मोडल आउँदै

यी हुन् नेपाली बजारमा उपलब्ध करोड माथीका इलेक्ट्रिक कार, थप नयाँ मोडल आउँदै

नेपाली अटो बजारमा पछिल्लो समय महंगा र लक्जरी व्रान्डका इलेक्ट्रिक कार...

अटोमोबाइल उद्योगमा सन् २०२५ फर्केर हेर्दा, कति लन्च भए र कति बिक्री भए?

अटोमोबाइल उद्योगमा सन् २०२५ फर्केर हेर्दा, कति लन्च भए र कति बिक्री भए?

अटोमोबाइल उद्योगका लागि वर्ष २०२५ अत्यन्तै महत्वपूर्ण र परिवर्तनकारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...