सन्दर्भ अन्तर्राष्ट्रिय महिला दिवस : नेपालमा बढ्दै महिला राइडरको क्रेज

गत मंसिर महिनामा भारतको गोवामा सम्पन्न टीभीएस मोटोसोल २०२४ को १२५ सीसी स्कुटर डर्ट रेस श्रेणीमा नेपाली राइडर वर्षा बस्नेतले उपाधि हासिल गरिन् । प्रत्येक वर्ष सम्पन्न हुने यस प्रकारको इभेन्टमा नेपाली महिला राइडरले सो उपाधि हासिल गर्नु महत्वपूर्ण थियो ।

वर्षा बस्नेतले यो भन्दा पहिले पनि नेपाल र अन्य देशमा भएका विभिन्न प्रतियोगितामा सहभागिता जनाएर फरक पहिचान कायम गरेकी छिन् । मोटर स्पोर्ट्स क्लब नेपाल र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) लगायतका विभिन्न संघ संस्थाले आयोजना गर्ने प्रतियोगितामा उनको सहभागिता रहने गरेको छ ।

केही समय पहिले फागुनको दोस्रो सातामा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न रेसनारी २०२५ को राउन्ड १ विजेता नवाङ मोक्तान बनिन् । सो प्रतियोगितामा फर्स्ट रनर अप सुरक्षा केसी र सेकेन्ड रनर अप नितिका गजुरेल बनेका थिए ।

नेपालमा समय समयमा महिला राइडर लक्ष्यित विभिन्न कार्यक्रम र प्रतियोगिता भइरहेको पाइन्छ । विभिन्न राइडिङ र -याली लगायतका कार्यक्रममा महिला राइडरहरुको उल्लेख्य सहभागिता रहेको पाइन्छ । सडक सुरक्षा र साहसिक पर्यटन जस्ता सामाजिक सरोकारका विषयमा समेत यस्ता कार्यक्रमले चेतना जगाउन भूमिका खेलिरहेको हुन्छ । यसमा महिला राइडरहरुको भूमिका महत्वपूर्ण हुन्छ ।

चर्चित राइडर सुरक्षा केसी महिला मोटो भ्लगरको रुपमा समेत लोकप्रिय छिन् । नेपालकै नम्बर वान मोटो भ्लगरको पहिचान कायम गरेकी सुरक्षाले अन्य राइडर र सामान्य व्यक्तिका लागि समेत विभिन्न स्थानमा पुगेको भ्लगमार्फत महत्वपूर्ण जानकारी प्रदान गरिरहेकी छिन् ।

नेपालमा हाल महिला राइडरहरुको संख्या समेत बढ्दै गएको छ । नेपाली महिला राइडरहरुको समूह ‘वुमन इन्टरनेसनल मोटरसाइकल एसोसिएसन’ अर्थात विमा नेपाल कार्यरत छ । विमा नेपालका अनुसार सय भन्दा बढी महिला राइडर याे क्षेत्रमा क्रियाशील छन् ।

मोटरसाइकल वा स्कुटर राइडर महिलाहरुको संख्या नेपालमा प्रशस्तै छ । राइड सेयरिङ व्यवसायमा समेत यस्ता राइडरहरुको संख्या बढ्दो छ । पठाओ नेपालले २०७७ सालमै राम्रो काम गर्ने २५ पठाओ राइडरलाई सम्मान गरेको थियो । अहिले पनि पठाओमा आवद्ध राइडरहरु प्रशस्तै रहेका र उनीहरु राइड सेयरका साथै फुड डेलिभरी कार्यमा समेत संलग्न रहेका छन् ।

विभिन्न कम्पनीहरुले समय समयमा गर्ने राइड कार्यक्रममा समेत महिलाकाे संख्या बढ्दो छ । थाेरै प्रतिशत भए पनि बस, टेम्पो, अटाे लगायतका सवारी साधन चलाउने महिला समेत छन् ।

सम्बन्धित समाचारहरू

सेफ्टी राइडिङ इनिसिएटिभ शुभारम्भ, महिला राइडरले गरे प्रयोगात्मक अभ्यास

सेफ्टी राइडिङ इनिसिएटिभ शुभारम्भ, महिला राइडरले गरे प्रयोगात्मक अभ्यास

काठमाडौं – फेडरेसन इन्टरनेसनल डेल मोटोसाइक्लिजम – एफआईएमको सहयोगमा नासा...

सुरक्षित हेलमेट सम्बन्धी अन्तरक्रिया सम्पन्न

सुरक्षित हेलमेट सम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र संचारिका समूहको...

बुटवलबाट सुरु भयो लुम्बिनी प्रदेशको मोटरसाइक्लिङ सुरक्षा अभियान

बुटवलबाट सुरु भयो लुम्बिनी प्रदेशको मोटरसाइक्लिङ सुरक्षा अभियान

FIA Affordable Helmet अभियान अभियान अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय मोटरसाइक्लिस्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...