४० किलोवाट मोटरमा पनि आयो नेटा भीको फेसलिफ्ट, नेपालमा छिट्टै आउन सक्ने
चिनीयाँ ईभी निर्माता नेटाले आफ्नो सानो र सस्तो कार ‘भी’को फेसलिफ्ट लन्च...
काठमाडौं – बीवाईडीको सबैभन्दा सस्तो अर्थात कम मूल्यको ईभी सिगल काठमाडौंमा देखिएको छ । नक्सालस्थित शोरुममा सो ईभी देखिएको हो । हाल सो ईभीको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
बीवाईडीका अन्य मोडल समेत धेरैले रुचाएको समयमा सबैभन्दा कम मूल्यको हुने अनुमान गरिएको सिगलको वारेमा धेरैले चासो राख्नु स्वाभाविकै हो । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक युनिट सिगल परीक्षणका लागि भित्र्याएको जानकारी सार्वजनिक भए पनि पहिले यसरी तस्बिर पनि सार्वजनिक भएको थिएन ।
बीवाईडी सिगल ३० लाख रुपैयाँ भन्दा कम मूल्यमै उपलब्ध हुने अनुमान गरिएको छ । यसका आधारमा मूल्य र ब्रान्ड तथा फिचर रुचाउने ग्राहकका लागि बीवाईडी सिगल उपयुक्त विकल्प हुने अनुमान गर्न सकिन्छ । यद्यपि कम्पनीले यसको मूल्य र फिचर लगायतका अन्य जानकारी भने अझै सार्वजनिक गरेको छैन ।
बीवाईडी सिगल पहिलो पटक सांघाईमा सम्पन्न अटो एक्सपो २०२३ मा सार्वजनिक भएको थियो । बुकिङ खुलेको २४ घण्टामै यसको १० हजार युनिट बिक्री भएको थियो ।
ई–प्लेटफर्म ३.० मा निमाण गरेको सो कारलाई बीवाईडीले ३० र ३८ किलोवाट आवर एलएफपी व्याट्री अप्सनमा सार्वजनिक गरेको थियो । जसमध्ये ३० किलोवाट आवर जडित भेरिएन्टले ३०५ र अर्को लङ रेन्ज भेरिएन्टले ४०५ किलोमिटर रेन्ज दिने दावी गरिएको छ । यी दुवै व्याट्री अप्सनले डीसी फास्ट चार्जर सपोर्ट गर्ने जनाइएको छ । कारलाई ३० मिनेट भित्र ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
सिगलमा ५५ किलोवाटको मोटर जडान गरिएको छ । जसको पावर ७५ एचपी छ भने यसलाई १३० किलोमिटर प्रतिघन्टाको टप स्पिडमा गुडाउन सकिन्छ । कारमा ५ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, फ्ल्याट वटम स्टेरिङ ह्विल, वायरलेस चार्र्जिङ प्याड र दुईवटा कप होल्डर लगायत फिचर दिइएको छ ।
यद्यपि नेपाली बजारमा उपलब्ध हुने बीवाईडी सिगलको फिचर र अन्य विभिन्न विषयको जानकारी भने साइमेक्स इंकले सार्वजनिक गरेको छैन । सायद केही समयमै यसको औपचारिक जानकारी सार्वजनिक हुनेछ ।
चिनीयाँ ईभी निर्माता नेटाले आफ्नो सानो र सस्तो कार ‘भी’को फेसलिफ्ट लन्च...
हस्कभर्नाको क्याफे रेसर बाइक भिट्पिलेन जस्तै स्टाइलमा चाइनिज कम्पनी एफके...
जर्मन अटो निर्माता फक्सवागनले हाल कारोबार भैरहेको इलेक्ट्रिक ह्याचव्याक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...