पावर र माइलेजको हिसाबले अद्भुत संसारका १० हाइब्रिड एसयूभी

बजारमा अहिले धेरै नयाँ र उत्कृष्ट विकल्पहरू उपलब्ध भएकाले २०२५ मा हाइब्रिड एसयूभी सेगमेन्ट अझ बलियो हुने अपेक्षा गरिएको छ । राम्रो माइलेज, कम इन्धन लागत र शक्तिशाली प्रदर्शनका लागि हाइब्रिड कार राम्रो विकल्प हुन सक्छ । हाइब्रिड एसयूभी उत्कृष्ट माइलेज र पावरको उत्तम संयोजन हो ।

विश्वका १० सबैभन्दा लोकप्रिय हाइब्रिड एसयूभी यस्ता छन् । यद्यपि, यी मध्ये धेरैजसो नेपाली बजारमा उपलब्ध छैनन् ।

फोर्ड इस्केप हाइब्रिड : स्टाइलिश, पावरफुल र सुविधायुक्त एसयूभीका लागि फोर्ड एस्केप हाइब्रिड उत्तम विकल्प हो। यसको ड्राइभिङ गुणस्तर सहज छ र प्रदर्शन उत्कृष्ट छ। यसको मूल्य ३४ हजार १९० डलरबाट सुरु हुन्छ ।

होन्डा सीआर-भी हाइब्रिड : होन्डा सीआर-भी हाइब्रिड कम्फर्ट, परफर्मेन्स र माइलेजको उत्कृष्ट संयोजन हो। यसमा उन्नत सेफ्टी फिचर र ठूलो इन्टेरियर स्पेस रहेको छ । सो हाइब्रिडको मूल्य ३४ हजार ६५० डलरबाट सुरु हुन्छ ।

हुन्डाई सान्ता फे हाइब्रिड : सो हाइब्रिड कार एक प्रिमियम एसयूभी हो जुन शक्तिशाली पावरको साथमा उपलब्ध छ । यसको इन्टेरियर अत्यन्तै विलासी छ, जसले गर्दा यो लामो ड्राइभको लागि उत्कृष्ट विकल्प हो । यसको मूल्य ३७ हजार ७०० डलरबाट सुरु हुन्छ ।

हुन्डाई टुसान हाइब्रिड : हुन्डाई टुसान हाइब्रिड एक स्टाइलिश र उन्नत फिचरले भरिपूर्ण एसयूभी हो । यसको हाइब्रिड इन्जिन, विलासी इन्टेरियर र हाई टेक फिचरले यसलाई यो सूचीमा विशेष स्थान दिन्छ। यसको मूल्य ३३ हजार ३६५ डलरबाट सुरु हुन्छ ।

किया निरो हाइब्रिड : कम्प्याक्ट र कुशल हाइब्रिड एसयूभीको लागि किया निरो उत्तम विकल्प हो । यसको माइलेज  सबैभन्दा धेरै छ । किया निरो हाइब्रिडको मूल्य २६ हजार ९९० डलरबाट सुरु हुन्छ ।

किया सोरेन्टो हाइब्रिड : किया सोरेन्टो हाइब्रिड एक पूर्ण आकारको पारिवारिक एसयूभी हो जुन शक्तिशाली इन्जिन र उत्कृष्ट माइलेजको साथ आउँछ। यसमा ७ सिटर विकल्प छ, जसले गर्दा यो ठूलो परिवारको लागि उत्कृष्ट विकल्प हो। यसको मूल्य ३८ हजार ६९० डलरबाट सुरु हुन्छ ।

किया स्पोर्टेज हाइब्रिड : किया स्पोर्टेज हाइब्रिड उत्कृष्ट माइलेज र उत्कृष्ट सुविधाले सुसज्जित एसयूभी हो। आधुनिक डिजाइन, उन्नत प्रविधि र उत्कृष्ट माइलेजले यसलाई हाइब्रिड एसयूभी प्रेमीहरूका लागि उत्कृष्ट विकल्प बनाउँछ। यसको मूल्य २८ हजार ५९० डलरबाठ सुरु हुन्छ ।

टोयोटा कोरोला क्रस हाइब्रिड : टोयोटा कोरोला क्रस हाइब्रिड एक कम्प्याक्ट हाइब्रिड एसयूभी हो जसले उत्कृष्ट माइलेज र बजेट-अनुकूल विकल्प प्रदान गर्छ। यसको मूल्य २८ हजार ३९५ डलरबाट सुरु हुन्छ ।

टोयोटा हाइल्यान्डर हाइब्रिड : टोयोटाको शक्तिशाली एसयूभी हाइल्याण्डर हाइब्रिडको मूल्य ४६ हजार २० डलरबाट सुरु हुन्छ ।

टोयोटा -याभ फोर हाइब्रिड : टोयोटा -याभ फोर हाइब्रिड सबैभन्दा धेरै बिक्री हुने हाइब्रिड एसयूभी मध्ये एक हो । यसको राम्रो माइलेज र उन्नत सेफ्टी फिचरको कारणले धेरै लोकप्रिय छ।

सम्बन्धित समाचारहरू

हाइब्रिड कारमा किन बढी माइलेज हुन्छ ?

हाइब्रिड कारमा किन बढी माइलेज हुन्छ ?

हाइब्रिड कारले अहिले धेरैलाई आकर्षित गरिरहेको छ । माइलेजको हिसाबले...

हाइब्रिड र इलेक्ट्रिक कारबीचको मुख्य भिन्नता के ?

हाइब्रिड र इलेक्ट्रिक कारबीचको मुख्य भिन्नता के ?

पेट्रोल वा डिजेलका विकल्पमै सीमित उपभोक्ता अहिले हाइब्रिड र इलेक्ट्रिक...

सुजुकीले ल्याउँदै सबैभन्दा सस्तो हाइब्रिड कार, ३५ किमी माइलेजको दाबी

सुजुकीले ल्याउँदै सबैभन्दा सस्तो हाइब्रिड कार, ३५ किमी माइलेजको दाबी

मारुती सुजुकीले सबैभन्दा सस्तो हाइब्रिड कार बजारमा ल्याउने तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...