बढ्यो अल्टो के१० को सेफ्टी फिचर, अब प्रत्येक भेरिएन्टमा ६ एयरब्याग

मारुती सुजुकीले आफ्नो गाडीमा सेफ्टी फिचर बढाउने काम गरिरहेको छ । यस अन्तर्गत कम्पनीले फेब्रुअरी २०२५ मा सेलेरियो र ब्रेजामा ६ एयरब्याग सेफ्टी फिचर थपेको थियो । साथै अब कम्पनीले आफ्नो सबैभन्दा धेरै बिक्री हुने कार मध्ये एक मारुती अल्टो के१० लाई पनि ६ एयरब्याग सहित अपडेट गरेको छ।

६ वटा एयरब्याग समावेश पछि अब अल्टो के१० पहिले भन्दा सुरक्षित कार बनेको छ। मारुती अल्टो के१० सेफ्टी फिचरमा रियर पार्किङ सेन्सर, पछाडिका यात्रुको लागि थ्री पोइन्ट सिट बेल्ट, लगेज-रिटेन्सन क्रसबार, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, एन्टी-लक ब्रेकिङ सिस्टम र इलेक्ट्रोनिक ब्रेक-फोर्स डिस्ट्रिब्युसन समावेश छ।

साथै रियर डोर चाइल्ड लक, इन्जिन इमोबिलाइजर, हाई स्पिड अलर्ट, फ्रन्ट सिट बेल्ट प्रिटेन्सनर र फोर्स लिमिटर, बजरसहितको सिट बेल्ट रिमाइन्डर, हेडल्याम्प लेभलिङ र हाई माउन्टेन स्टप ल्याम्प पनि उपलब्ध छ ।

मारुतीको सो कार हरेक महिना हजारौँ युनिट बिक्री हुन्छ । रिपोर्टका अनुसार सन् २००० मा भारतीय बजारमा लन्च भएदेखि अल्टो के१० मोडलको ४६ लाखभन्दा बढी युनिट बिक्री भइसकेको छ । साथै कम्पनीले अल्टो के१० मा सेफ्टी फिचर बढाएसँगै अब प्रत्येक भेरिएन्टको मूल्य पनि बढाएको छ।

सम्बन्धित समाचारहरू

मारुती सुजुकी फ्रोङ्क्सको निर्यात शुरु, नेपालमा पनि साउनभित्रै आउने

मारुती सुजुकी फ्रोङ्क्सको निर्यात शुरु, नेपालमा पनि साउनभित्रै आउने

भारतमा हालै लन्च गरिएको मारुती सुजुकीको कम्प्याक्ट एसयूभी फ्रोङ्क्सको...

सुजुकीको पहिलो इलेक्ट्रिक स्कुटर ई-एक्सेसको बुकिङ सुरु, मूल्य र फिचर सार्वजनिक

सुजुकीको पहिलो इलेक्ट्रिक स्कुटर ई-एक्सेसको बुकिङ सुरु, मूल्य र फिचर सार्वजनिक

सुजुकीकाे पहिलो इलेक्ट्रिक स्कुटर सुजुकी ई-एक्सेसको बुकिङ भारतमा औपचारिक...

हाइब्रिड टेक्नोलोजीको साथमा नयाँ सुजुकी फ्रङ्क्स आउँदै, माइलेजमा पनि सुधार

हाइब्रिड टेक्नोलोजीको साथमा नयाँ सुजुकी फ्रङ्क्स आउँदै, माइलेजमा पनि सुधार

मारुती सुजुकीले चाँडै नै आफ्नो लोकप्रिय एसयूभी फ्रङ्क्समा हाइब्रिड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...