नाडा अटो शो २०२६ मा प्रिमियम तथा इन्टेलिजेन्ट अवतार ०७ सार्वजनिक, सुरुवाती मूल्य २ करोड २० लाख
काठमाडौं – सीजी एमएडब्लु इभोलुसन प्रालिले नाडा अटो शो २०२६ को पहिलो दिन...
काठमाडौं – नेपालमा बीवाईडी ईभीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी ईभीको ब्याट्रीमा १० वर्ष वारेन्टी प्रदान गर्ने घोषणा गरेको छ । हाल काठमाडौंमा चलिरहेको बीवाईडी हाई–टेक विकको अवसरमा सो घोषणा गरिएको हो ।
बीवाईडी हाई–टेक विकको अवसरमा एक्सक्लुसिभ अफरको रुपमा साइमेक्स इंकले सो एक्सटेन्डेड वारेन्टी उपलब्ध गराउने बताएको हो । हाई–टेक विकमा बीवाईडीका कुनै पनि ईभी बुकिङ गर्ने ग्राहकले सो अफर पाउने छन् ।
साइमेक्स इंकले बीवाईडीका ब्याट्रीमा १० वर्ष वा २ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध गराउने बताएको छ ।
नेपाली बजारमा बीवाईडीका एट्टो ३, डल्फिन, एम६ लगायतका गाडी पहिले देखि नै उपलब्ध छन् भने हाल इभेन्टको प्रमुख आकर्षणको रुपमा बीवाईडीका अत्याधुनिक सवारी साधन याङवाङ यु८, एफसीबी बाओ ५, डेन्जा जेड९जीटी, डेन्जा डी९ र बीवाईडी शार्क ६ सार्वजनिक गरिएको छ, जसले अटोमोटिभ टेक्नोलोजीमा नयाँ युगको प्रतिनिधित्व गर्छन् । इलेक्ट्रिक र हाइब्रिड सवारी उद्योगलाई पुनःपरिभाषित गर्ने गरी यी सवारी साधन अत्याधुनिक प्रगति झल्काउने सेफ्टी, पर्फमेन्स र इनोभेसनद्वारा सुसज्जित छन् ।
यी मध्ये बीवाईडी शार्क ६ र डेन्जा डी९ भविष्यमा नेपाली बजारमा पनि उपलब्ध हुने सम्भावना छ । दुवै राइट ह्यान्ड भर्सनमा उपलब्ध भएका र ग्राहकले रुचि राखेमा नेपाली बजारमा समेत उपलब्ध गराउने कम्पनीको भनाइ छ ।
गत फेब्रुअरी २७ देखि प्रारम्भ भएको बीवाईडी हाई–टेक विक आज समापन हुँदैछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...