अब गाडी किन्न राष्ट्रिय परिचयपत्र पनि अनिवार्य

काठमाडौं - अब गाडी खरिद गर्दा समेत नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ।

नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीहरुका लागि नयाँ परिपत्र जारी गर्दै विभिन्न व्यवस्थाहरु गरेको छ ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण गर्ने उद्देश्यले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्पष्ट पहिचानविना व्यापार गर्न रोक लगाएको छ।

‘ग्राहक पहिचान तथा सम्पुष्टिसम्बन्धी नीति तथा कार्यविधि बनाई ग्राहकको पहिचान तथा सोको सम्पुष्टि हुने सुनिश्चितताका आधारमा व्यावसायिक सम्बन्ध स्थापिन गर्न सकिनेछ’, राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘ग्राहकको नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा संस्थाले सम्पुष्टि गर्न सक्नेछ।’

गाडी बिक्री गर्दा हायरपर्चेज कम्पनीले पदमा बहाल रहेको उच्चपदस्थ व्यक्ति, उच्च पदमा नरहेको व्यक्ति, छिमेकी वा नजिकका मुलुकको विदेशी उच्चपदस्थ व्यक्ति, अन्य विदेशी उच्चपदस्थ व्यक्ति, अन्तर्राष्ट्रिय संस्थाको उच्चपदस्थ व्यक्ति छुट्याउनुपर्नेछ।

सम्बन्धित समाचारहरू

सवारी साधन लगायतका विविध सामग्री बिक्रीका लागि एनआईसी एसिया बैंकको अनलाइन पोर्टल सार्वजनिक

सवारी साधन लगायतका विविध सामग्री बिक्रीका लागि एनआईसी एसिया बैंकको अनलाइन पोर्टल सार्वजनिक

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग...

बिना धितो ८० प्रतिशतसम्मको फाइनान्स सुबिधामा आयसर ब्रान्डको गाडी

बिना धितो ८० प्रतिशतसम्मको फाइनान्स सुबिधामा आयसर ब्रान्डको गाडी

बैंक तथा बित्तिय संस्थामा लगानी योग्य पूजीँको अभाव र राष्ट्र बैंकले हायर...

डोङफेङ इलेक्ट्रिक भ्यान किन्न ग्लोबल आइएमई बैंकले सहजै कर्जा दिने

डोङफेङ इलेक्ट्रिक भ्यान किन्न ग्लोबल आइएमई बैंकले सहजै कर्जा दिने

काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प बिच विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...