सीएफ मोटो २५० एनके राइडर दिलिप दनुवारले जिते रेस वार, अब २५० एनकेको मूल्य ५,४९,९००

काठमाडौं – सीएफ मोटो २५० एनकेका राइडर दिलिप दनुवारले शनिबार सम्पन्न रेस वार्स जितेका छन् । नेपाल अटोमोबाइल्स एसोसिएसनको सहकार्यमा मोटर स्पोर्ट्स नेपाल क्लब नेपाल र मोटो वर्ल्ड नेपालले आयोजना गरेको सो रेस वार्समा २२ राइडरलाई पछि पार्दै राइडर दनुवारले सो रेस जितेका हुन् ।

सो प्रतियोगितामा केटीएम ड्युक २५० राइडर अभिनव राज मल्लले दोस्रो स्थान र केटीएम ड्युक २०० राइडर विवेक पाण्डेले तेस्रो स्थान हासिल गरेका थिए ।

ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित सो प्रतियोगितामा विभिन्न बाइकमा सवार राइडरहरु प्रतिस्पर्धामा उत्रेका थिए ।

सो अवसरमा नेपालमा सीएफ मोटोको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटो २५० एनके बाइकको मूल्यमा समेत ५० हजार रुपैयाँ कटौती गरेको घोषणा गरेको छ । सो बाइकको मूल्य पहिले ५ लाख ९९ हजार ९ सय रुपैयाँ भएकोमा अब यसको मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

ऋषि ट्रेड सेन्टरका जनरल म्यानेजर उज्वल जोशीका अनुसार अब नेपालमै यो बाइक एसेम्बल हुने भएकाले मूल्यमा समेत कमी ल्याउन सहज भएको हो ।

त्यसैगरी सीएफ मोटोको नेपालमा उपलब्ध नयाँ बाइक ३०० एनकेको मूल्य समेत सार्वजनिक गरिएको छ । सो बाइकको मूल्य ७ लाख ४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सो अवसरमा सीएफ मोटोका ग्राहकहरुले रेस ट्र्याकमा बाइक परेड समेत गरेका थिए ।

सीएफ मोटो २५० एनकेमा २४९.५ सीसीको सिंगल सिलिन्डर इन्जिन रहेको छ, जसले २०.५ किलोवाटको पावर र २२ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ड्युअल च्यानल एबीएस, एलसीडी डिस्प्ले, इलेक्ट्रोनिक फ्युल इन्जेक्सन र १५० एमएमको ग्राउन्ड क्लियरेन्स लगायतका विशेषता रहेका छन् । यसमा १२.४ लिटरको इन्धन ट्यांकी रहेको छ ।

सम्बन्धित समाचारहरू

क्रसफायरको होली अफर, नगद छुटदेखी एक्सचेन्जमा भ्यालु एडिसन सम्मको  सुबिधा

क्रसफायरको होली अफर, नगद छुटदेखी एक्सचेन्जमा भ्यालु एडिसन सम्मको सुबिधा

क्रसफायर मोटरसाइकल तथा इटालिका मोटो स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

बागमती अटो जिमखाना च्याम्पियनसिप तथा टीडीएस मोटर -याली सम्पन्न, यी हुन् विजेता

बागमती अटो जिमखाना च्याम्पियनसिप तथा टीडीएस मोटर -याली सम्पन्न, यी हुन् विजेता

बागमती अटोमोबाइल्स एसोसिएसनको संयोजन र मोटोभर्स स्पोर्ट्स क्लब तथा जियोन...

अन्तर्राष्ट्रिय स्तरको मोटरसाइक्लिङ इभेन्ट बबएमसी राइडर मेनियाको २०२७ संस्करण नेपालमा हुने

अन्तर्राष्ट्रिय स्तरको मोटरसाइक्लिङ इभेन्ट बबएमसी राइडर मेनियाको २०२७ संस्करण नेपालमा हुने

काठमाडौं – अन्तर्राष्ट्रिय स्तरको मोटरसाइक्लिङ इभेन्ट बबएमसी (ब्रदरहुड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...