बन्द हुने भयो मारुतीको सेडान कार ‘सियाज’, यस्तो छ कारण

मारुती सुजुकीले आफ्नो मिड साइज सेगमेन्टको सेडान कार ‘सियाज’को उत्पादन बन्द गर्ने भएको छ । मिडिया रिपोर्टका अनुसार यसको उत्पादन मार्च २०२५ सम्ममा बन्द हुने र बिक्री अप्रिलसम्ममा बन्द हुने अपेक्षा गरिएको छ ।

केही महिनादेखि मारुती सियाजको बिक्री निरन्तर घट्दो क्रममा रहेको छ । यसको बिक्री २०२४ अक्टोबरमा ६५९ युनिट, नोभेम्बरमा ५९७ युनिट र डिसेम्बर २०२४ मा ४६४ युनिट रहेको थियो, जुन धेरै कम संख्या हो ।

मारुती सियाज बन्द हुनुमा मुख्य तीन कारणहरु छन् :

डिजेल इन्जिन बन्द हुनु : मारुती सुजुकीले सन् २०२० मा सियाजको डिजेल इन्जिन बन्द गरेको थियो । यसको मुख्य कारण सियाजको लागि विकसित १.५ डीडीआईएस डिजेल इन्जिन लन्च भएको एक वर्षपछि नयाँ बीएस६ उत्सर्जन मापदण्ड लागु हुनु थियो । यसले ती मापदण्ड पूरा गर्न सकेन, जसले यसको इन्जिन बन्द गर्नु परेको थियो । यस कारणले गर्दा सेडानको १.५ लिटर पेट्रोल इन्जिनको विकल्प मात्र उपलब्ध थियो, जबकि यसको बिक्रीको ३० प्रतिशत डिजेल इन्जिनबाट मात्र आएको थियो ।

समय समयमा अपडेट नहुनु : सियाजको बिक्री घट्नुको अर्को कारण यसलाई समय-समयमा अपडेट नगर्नु हो। यसलाई पछिल्लो पटक २०१८ मा अपडेट गरिएको थियो । सियाजमा एडास, सनरुफ, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र टर्बो-पेट्रोल इन्जिन अपडेट गर्नुको सट्टा एस्पिरेटेड इन्जिनलाई नै निरन्तरता दिइरहयो । जसले गर्दा यसको बिक्री घट्न थाल्यो ।

सेडान कारको लोकप्रियतामा कमी : हालको बजार ट्रेन्ड अनुसार एसयूभी मोडेल बढी लोकप्रिय भइरहेको छ, जसका कारण सेडान कारको बिक्रीमा विस्तारै कमी भइरहेको छ । मारुती सुजुकीले पनि एसयूभी तर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ। जसको असर सेडान कार सियाजमा परेको देखिन्छ ।

सम्बन्धित समाचारहरू

भारतमा नयाँ स्विफ्टको बुकिङ खुला, कहिले आउँला नेपाल ?

भारतमा नयाँ स्विफ्टको बुकिङ खुला, कहिले आउँला नेपाल ?

मारुती सुजुकीको सर्बाधिक सफल ह्याचब्याक कार स्विफ्ट नयाँ अबतारमा आउँदै छ...

नयाँ स्विफ्टको भारतमा डेलिभरी सुरु, कहिले आउँछ नेपाल ?

नयाँ स्विफ्टको भारतमा डेलिभरी सुरु, कहिले आउँछ नेपाल ?

मारुती सुजुकीले हालै लन्च भएको नयाँ स्विफ्ट ग्राहकलाई दिन थालेको छ । चौथो...

नेपाली बजारमा सुजुकीका दुई मोडल भित्रिदै : एउटा छिट्टै, अर्को नाडा अटो शो सम्म

नेपाली बजारमा सुजुकीका दुई मोडल भित्रिदै : एउटा छिट्टै, अर्को नाडा अटो शो सम्म

काठमाडौं – नेपाली बजारमा सुजुकीका दुई मोडल केही समयमै भित्रिने भएका छन् ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...