रोयल इन्फिल्ड इन्डियाको स्लाइड स्कुल रेसिङ ट्रेनिङमा सहभागी भए दिपेश

काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभमा कार्ट हेड दिपेश श्रेष्ठ भारतको रोयल इनफिल्ड स्लाइड स्कुल रेसिङ ट्रेनिङ कार्यक्रममा सहभागी भई नेपालको मोटरस्पोर्ट क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गत जनवरी २५–२६ मा सम्पन्न उक्त दुई दिने विशेष प्रशिक्षणमा दिपेशले बाइक नियन्त्रण, क्र्यास म्यानेजमेन्ट, अफरोड रेसिङ टेक्निक लगायतका महत्वपूर्ण सीपहरू सिक्ने अवसर पाए । उनले रोयल इन्फिल्डको हिमालयन ४११ बाइकमा विभिन्न चुनौतीपूर्ण भू–भागमा अभ्यास गर्दै, माटो र फ्याल्ट ट्र्याकमा कसरी उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ भन्ने बुझ्न सके ।

प्रशिक्षणमा बाइकको सही पोस्चर, सुरक्षात्मक राइडिङ गियरको महत्त्व, रेसिङ फ्ल्याग संकेतहरूको प्रयोग जस्ता व्यावहारिक पक्षहरूलाई विशेष ध्यान दिइएको थियो ।

नेपालमा अफरोड रेसिङको भविष्य सम्भावनायुक्त छ । दिपेश जस्ता युवाहरूको उत्साहले यो खेललाई अझै व्यावसायिक बनाउने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चम्काउने आशा गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिपमा नेपाल : यस्ता छन् खेलाडी

एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिपमा नेपाल : यस्ता छन् खेलाडी

एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिप ओलम्पिक शैलीमा आयोजना हुने...

चर्चामा दुई प्रिमियम एड्भेन्चर बाइक, यस्ता छन् भिन्नता

चर्चामा दुई प्रिमियम एड्भेन्चर बाइक, यस्ता छन् भिन्नता

टु–ह्विलर बजारमा पछिल्लो समय दुई नयाँ एड्भेन्चर मोटरसाइकलले चर्चा...

शक्तिशाली इन्जिन र फिचरसहित रोयल इन्फिल्डले ३ उत्कृष्ट बाइक लन्च गर्ने

शक्तिशाली इन्जिन र फिचरसहित रोयल इन्फिल्डले ३ उत्कृष्ट बाइक लन्च गर्ने

रोयल इन्फिल्ड बाइकको डिजाइन, इन्जिन र साउन्डका कारण कम्पनीका बाइकप्रति...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...