बीवाईडीले ल्याएको नयाँ गड्स आई चर्चामा, यस्ता छन् डिपाइलट सिस्टमका विभिन्न फिचरहरु

विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी निर्माता बीवाईडीले आफ्नो मुख्यालय सेनझेनमा गड्स आई डिपाइलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम (डिपाइलट सिस्टम) सार्वजनिक गरेको छ । डिपाइलट ६००, डिपाइलट ३०० र डिपाइलट १०० सहितको यो सिस्टमले सबै ग्राहकहरूका लागि उच्चस्तरीय स्मार्ट ड्राइभिङ प्रविधिलाई सहज बनाउने बीवाईडीको प्रतिबद्धता देखाउँछ । यसले सवारी उद्योगको प्रविधिगत रूपान्तरणलाई निकै तीव्र बनाउनेछ ।

बीवाईडीले भने यो सुविधा आफ्ना सबै मोडलमा बिना कुनै अतिरिक्त शुल्क दिने जनाएको छ। सबैभन्दा कम मूल्यको मोडल सिगलमा समेत यो सुविधा उपलब्ध हुनेछ, जसको मूल्य ९ हजार ५५५ डलर मात्र रहेको छ। कम्पनीले नयाँ प्रविधिसँगै ग्राहकहरूलाई सुरक्षित र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। अहिलेसम्म सेन्सर र क्यामेरा जस्ता उच्च प्रविधि भएका सेल्फ ड्राइभिङ सिस्टमहरू महँगा गाडीहरूमा मात्र उपलब्ध हुने गथ्र्यो। तर बीवाईडीले अब यो परिवर्तन गर्दै यस्ता प्रविधि केवल महँगा गाडीहरूमा सीमित नराखी सबैलाई सहज रूपमा उपलब्ध गराउदै छ। बीवाईडीका सिईओ वाङ छुवान्फुले राम्रो प्रविधि सबैको पहुँचमा हुनु पर्छ भन्दै यो प्रविधि ल्याएको बताएका छन् ।

डिपाइलट सिस्टम तीन भिन्न संस्करणहरूमा उपलब्ध छ। डिपाइलट ६०० मा तीनवटा लिडार छन्, जसलाई मुख्यतः याङवाङ मोडलहरुमा प्रयोग गरिनेछ। डिपाइलट ३०० मा एउटा लिडार छ, जुन मुख्य रूपमा डेन्जा र केही बीवाईडी मोडलहरूमा प्रयोग गरिनेछ । त्यस्तै, डिपाइलट १०० मा तीनवटा क्यामेरा छन्, जुन बीवाईडीका विभिन्न मोडलहरूमा प्रयोग गरिनेछ

विशेष गरी डिपाइलट १०० मा फ्रन्ट–फेसिङ तीन क्यामेरा ५आर१२भी सेन्सिङ हार्डवेयर र एन्ड–टु–एन्ड कन्ट्रोल एल्गोरिदम समावेश छ, जसले प्रविधि, सेन्सर, एल्गोरिदम र डेटा क्षेत्रमा ठूलो प्रगति देखाउँछ। यसले ग्राहकहरूलाई सबैभन्दा आवश्यक पर्ने सुविधाहरू प्रदान गर्छ। राजमार्ग र शहरी एक्सप्रेसवेहरूमा हाई स्पिड नेभिगेसन अन अटोपाइलट (एचएनओए) प्रणालीले नेभिगेसन मार्ग पछ्याएर -याम्पबाट प्रवेश वा निकास गर्ने, लेन ठीक राख्ने, स्थिर गतिमा चल्ने, आफै लेन परिवर्तन गर्ने, र केही अवरोधहरू छलेर अगाडि बढ्ने जस्ता कामहरू पूरा गर्न सक्छ।

यसका साथै, अटोमेटेड भ्याले पार्किङ (एभीपी) प्रणालीले ड्रप–अफ र गो, गाडी लक गरेपछि आफै पार्क हुने जस्ता सुविधाहरू प्रदान गर्छ। यो प्रणालीले प्रयोगकर्ताको पार्किङ बानीहरू र विभिन्न ड्राइभिङ परिस्थितिहरूअनुसार काम गर्न सक्छ, जसले पार्किङलाई अझ सहज बनाउँछ।

मेमोरी नेभिगेसन अन अटोपाइलट (एमएनओए) प्रणाली दैनिक यात्रा वा अफिस आउने–जाने जस्ता उच्च–प्रयोग मार्गहरूका लागि उपयुक्त छ। यसले ट्राफिक बत्तीमा आफै रोक्ने र अघि बढ्ने, जटिल मोडहरू पार गर्ने, स्वचालित ओभरटेक गर्ने, कुनै पनि परिस्थितिमा अवरोध छलेर अघि बढ्ने र लेन परिवर्तन गर्न सम्झौतासहित निर्णय गर्ने जस्ता सुविधाहरू प्रदान गर्छ। बीवाईडीले ग्राहकहरूलाई सबैभन्दा महत्वपूर्ण लाग्ने ड्राइभिङ परिस्थितिहरूमा केन्द्रित गर्दै सुरक्षा, आराम र सहजता प्रदान गर्ने लक्ष्य राखेको छ, ताकि हरेक व्यक्तिले बीवाईडीको प्रविधिको फाइदा उठाउन सकून्।

डिपाइलट सिस्टमले ग्राहकहरूको सुरक्षा निकै बढाउन सक्छ। एचएनओए अन्तर्गत, डिपाइलट १०० ले १,००० किलोमिटरसम्म बिना कुनै म्यानुअल हस्तक्षेप स्वचालित रूपमा यात्रा गर्न सक्छ। यसको अटोमेटिक इमर्जेन्सी ब्रेकिङ (एईबी) प्रणालीले १०० किलोमिटर प्रति घण्टासम्म गाडीलाई भरपर्दो रूपमा रोक्न सक्छ र भविष्यमा १२० किलोमिटर प्रति घण्टा र १४० किलोमिटर प्रति घण्टा सम्मको गति सम्हाल्ने योजना छ। एभीपी प्रणालीको सफलता दर ९९ प्रतिशत रहेको छ, जसले आपतकालीन अवस्थाहरूमा छिटो निर्णय गरेर दुर्घटना हुनबाट बचाउन मद्दत गर्छ।

बीवाईडीसँग ५ हजार भन्दा बढी इन्जिनियरहरू यो क्षेत्रमा काम गरिरहेका छन् भने ४४ लाखभन्दा बढी गाडीहरूमा लेभल टु स्तरको एडास प्रविधि जडान गरिएको छ। यस विशाल भेहिकल–क्लाउड डाटाबेसको सहयोगले बीवाईडी स्मार्ट ड्राइभिङ प्रविधिको विकास र व्यापक प्रयोगमा नेतृत्व गर्न सक्षम रहेको बताइएको छ।

विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी निर्माताको रूपमा बीवाईडीले ‘सुखद जीवनका लागि प्रविधिगत नवप्रवर्तन’ लाई आफ्नो मूल सिद्धान्त बनाएको छ। डिपाइलट इन्टेलिजेन्स रणनीति मार्फत बीवाईडी, नयाँ ऊर्जा सवारीहरूको विकासलाई अगाडि बढाउँदै विश्वभरको अटोमोबाइल उद्योगलाई रूपान्तरण गर्न र सुरक्षित तथा दिगो यातायात समाधानहरू प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ।

सम्बन्धित समाचारहरू

ईभीको हाइभोल्टेज ब्याट्री चेकअप क्याम्प सञ्चालन गर्दै हुन्डाई नेपाल

ईभीको हाइभोल्टेज ब्याट्री चेकअप क्याम्प सञ्चालन गर्दै हुन्डाई नेपाल

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...

‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्ट हुने, ईभी ब्रान्ड दिपल मुख्य प्रायोजक हुने

‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्ट हुने, ईभी ब्रान्ड दिपल मुख्य प्रायोजक हुने

काठमाडौं – छोटो समयमै नेपालमा निकै लोकप्रिय बनेको प्रिमियम र इन्टेलिजेन्ट...

सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ‘ई-भिटारा’ डिसेम्बरमा लन्च हुने

सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ‘ई-भिटारा’ डिसेम्बरमा लन्च हुने

मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘ई-भिटारा’ बजारमा ल्याउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...