११ दिने चीन भ्रमण सकेर नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका प्रतिनिधि स्वदेश फिर्ता
काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको नेतृत्वमा चीन भ्रमणमा...
काठमाडौं – नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिका दक्ष टेक्निसियन बिनोद महर्जनले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई गौरवान्वित बनाएका छन्
अल्फा अटोमोटिभ अन्तर्गत नक्साल सर्भिस सेन्टरका सिनियर टेक्निसियन महर्जनले सुपर स्क्वाड ३.० ग्लोबल टेक्निसियन कम्पिटिसनमा उत्कृष्ट प्रदर्शन गर्दै फर्स्ट रनर–अप स्थान हासिल गरेका छन् ।
गत फेब्रुअरी ६ मा भारतको चेन्नईमा सम्पन्न सो प्रतिष्ठित प्रतियोगितामा बिनोदले आफ्नो उच्च दक्षता, समर्पण र व्यावसायिक क्षमताको उत्कृष्ट नमूना प्रस्तुत गरे । मोटरसाइकल मर्मत तथा प्रविधिगत समस्याहरूको समाधान गर्ने सीपमा आधारित यो प्रतियोगिता विश्वभरका ४० देशबाट छनोट भएका उत्कृष्ट टेक्निसियन बीच प्रतिस्पर्धात्मक थियो ।
चेन्नईको सो कार्यक्रममा रोयल इन्फिल्ड इन्डियाका ग्लोबल प्रोडक्ट हेड प्रदिप मेथ्युले महर्जनलाई बधाई सहित प्रमाणपत्र प्रदान गरे ।

नेपालका प्राविधिकहरू पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने महर्जनको उपलब्धिले पुष्टि गरेको छ । सो सफलता पश्चात् नेपाली टेक्निसियनहरूको सीपलाई अझै निखार्ने अवसरहरू सिर्जना गर्न अल्फा अटोमोटिभ प्रालि आगामी दिनहरुमा पनि प्रतिबद्ध रहेको जनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...