चाडपर्वको पहिलो संकेत – आयो सुजुकी पर्वोत्सव, दशै तिहारको अवसरमा नगद छुट र अन्य सुविधा
काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्प मार्फत...
२०२५ को जनवरीमा केही एसयूभी बिक्री उल्लेखनीय वृद्धि भएको छ भने केही घटेको छ । जनवरीमा हुन्डाई क्रेटाले कुल १८ हजार ५२२ युनिट बिक्री गरेको छ । यो गत वर्षको तुलनामा ४० प्रतिशत वृद्धि हो । हालै क्रेटाले इलेक्ट्रिक भर्सन पनि लन्च गरेको छ ।
टाटा पन्चले १६ हजार २३१ युनिट बिक्री गरी दोस्रो एसयूभी बनेको छ । यसको बिक्रीमा १० प्रतिशतले घटेको छ । मारुती ग्रान्ड भिटाराले १७ प्रतिशत बढोत्तरी सहित १५ हजार ७८४ युनिट बिक्री गरी सूचीमा तेस्रो स्थान हासिल गरेको छ ।
महिन्द्रा स्कर्पियोले १५ हजार ४४२ युनिटको बिक्रीसँगै सूचीमा चौथो स्थान हासिल गरेको छ र पछिल्लो वर्षको तुलनामा ८ प्रतिशतको वृद्धि भएको छ । टाटा नेक्सन १५ हजार ३९७ युनिटको साथमा पाँचौ स्थानमा रहेको छ । कम्प्याक्ट एसयूभी सेगमेन्टमा बढ्दो प्रतिस्पर्धाको कारण यसको बिक्रीमा १० प्रतिशतको कमी देखिएको छ ।
मारुती सुजुकी फ्रङ्क्स गत वर्षको तुलनामा ११ प्रतिशत वृद्धि गरी १५ हजार १९२ युनिट बिक्री गरेर छैठौ स्थानमा परेको छ । यस बीचमा मारुती ब्रेजा १४ हजार ७४७ यूनिट बेचेर सूचीमा सातौ स्थानमा रहेको छ ।
साथै हुन्डाई भेन्यु, महिन्द्रा एक्सयूभी७०० र महिन्द्रा थार क्रमश: आठौ, नवौ र दशौ स्थानमा परेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...