जनवरी २०२५ मा हुन्डाई क्रेटाको बिक्रीमा उछाल, क्रेटा इलेक्ट्रिकको चल्यो जादु

भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा हुन्डाई क्रेटा इलेक्ट्रिक लन्च गरिएको थियो । यो कम्पनीको पहिलो भारतमा बनेको इलेन्ट्रिक एसयूभी हो । सो एसयूभीको कारणले पनि २०२५ को पहिलो महिनामै हुन्डाईको बिक्रीमा उछाल आएको छ ।

हुन्डाई मोटर इन्डिया लिमिटेडले जनवरी २०२५ मा कुल ६५ हजार ६०३ युनिट बिक्री गरेको छ । यसमा कुल ५ हजार ४०३ युनिट घरेलु बजारमा बिक्री भएको छ भने ११ हजार ६०० युनिट निर्यात भएको छ । कम्पनीको सबैभन्दा बढी बिक्री हुने एसयूभी हुन्डाई क्रेटा १८ हजार ५२२ युनिट बिक्री भएको छ, जुन एक महिनामा सबैभन्दा बढी बिक्री भएको छ।

निर्यातमा अघिल्लो वर्षको तुलनामा १०.५ प्रतिशत बढोत्तरी भएको छ । तर भारतीय बजारको बिक्रीमा ५.४४ प्रतिशत गिरावट भएको छ । अघिल्लो वर्षको समान अवधिमा ५७ हजार ११५ युनिट बिक्री गरिएको थियो ।

हुन्डाई क्रेटा इलेक्ट्रिक एक पटक चार्जमा ४७३ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यसमा ७५ भन्दा बढी सेफ्टी फिचर सहित सिंगल प्याडल ड्राइभिङ, प्यानारोमिक सनरूफ, लेभल टु एडास, शिफ्ट-बाय-वायर प्रविधि समावेश गरिएको छ । यसमा भेइकल टु लोड प्रविधि पनि समावेश छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई गाडी किन्दा ५ लाखसम्म नगद छुट, यस्तो छ अन्य सुबिधा

हुन्डाई गाडी किन्दा ५ लाखसम्म नगद छुट, यस्तो छ अन्य सुबिधा

काठमाडौँ–हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

हुन्डाईको नयाँ एसयूभीको नाम एक्सटर हुने, टाटा पन्चको प्रतिस्पर्धी बन्ने

हुन्डाईको नयाँ एसयूभीको नाम एक्सटर हुने, टाटा पन्चको प्रतिस्पर्धी बन्ने

हुन्डाईले छिट्टै एउटा सानो नयाँ एसयूभी एक्सटर ल्याउने भएको छ । कम्पनीले...

धेरै नयाँ फिचर सहित नयाँ जेनेरेसन हुन्डाई भेन्यु २०२५ मा लन्च हुने

धेरै नयाँ फिचर सहित नयाँ जेनेरेसन हुन्डाई भेन्यु २०२५ मा लन्च हुने

न्यु जेनेरेसन हुन्डाई भेन्यु २०२५ मा लन्च हुने अपेक्षा गरिएको छ र यसको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...