कार वास गर्दा यी ६ भागमा क्षति हुनबाट जोगाउन यसरी दिनुस् विशेष ध्यान

हालको समयमा कारमा धेरै उत्कृष्ट र प्रिमियम फिचर उपलब्ध हुन थालेको छ । यी कारणले गर्दा अहिले कारको मूल्य निकै बढेको छ, जसका कारण कारको राम्रोसँग हेरचाह गर्नु निकै जरुरी छ । कार वास गर्दा विशेष सावधानी अपनाउनु पर्छ । गलत तरिकाले कार वास गर्दा कारको फेब्रिकेशन र अन्य भागमा पानी जम्मा भएर कार बिग्रने सम्भावना हुन्छ ।

इलेक्ट्रिकल कम्पोमेन्ट र वायरिङ : कारमा इलेक्ट्रिक कम्पोनेन्ट र तार धेरै प्रकारको हुन्छ । यदि कारको यी भागमा पानी पस्यो भने सर्ट सर्किट हुन सक्छ । जसका कारण कारको इलेक्ट्रिकल सिस्टम बिग्रन सक्छ र मर्मतका लागि धेरै खर्च गर्नुपर्ने हुन सक्छ । त्यसैले कार धुँदा इलेक्ट्रिकल पार्टपुर्जा वरिपरि पानी खन्याउनु हुँदैन ।

एयर इनटेक सिस्टम : कारको एयर इनटेक सिस्टममा पानी परेमा इन्जिन बिग्रने सम्भावना बढ्छ । संयोगवश इन्जिनमा पानी पर्यो भने यो हाइड्रोलोक हुन सक्छ, जसका कारण इन्जिनले पूर्ण रूपमा बन्द हुन सक्छ । यसले इन्जिन मर्मत गर्न धेरै पैसा खर्च हुन सक्छ ।

फ्युल क्याप र फ्युल फिलर : कार धुँदा फ्युल ट्याङकीको ढक्कन र फ्युल फिलरको वरिपरि पानी परेमा पानी फ्युलमामिसिने सम्भावना बढी हुन्छ । यदि यसमा पानी पसेमा इन्जिनको परफर्मेन्समा प्रतिकूल असर पर्छ र फ्युल सिस्टममा पनि समस्या आउन सक्छ । तसर्थ, कार धुनु अघि सधैं फ्युल क्याप राम्रोसँग बन्द गर्नुपर्छ ।

सेन्सर र क्यामेरा : पछिल्लो समय आएका सवारीसाधनमा धेरै सेन्सर र क्यामेरा जडान गरिएको हुन्छ । यसमा एबीएस सेन्सर, पार्किङ सेन्सर र रिभर्सिङ क्यामेरा जस्ता फिचर उपलब्ध हुन्छ । यदि कार धुँदा यी भागमा पानी पर्यो भने यी भाग बिग्रने सम्भावना हुन्छ ।

सस्पेन्सन र ब्रेक कम्पोनेन्ट : कारको सस्पेन्सन र ब्रेक सिस्टमलाई पानीबाट जोगाउनु पर्छ । पानी पस्यो भने यसमा खिया लाग्ने डर हुन्छ र गाडीको ब्रेक र सस्पेन्सनले राम्ररी काम नगर्न सक्छ ।

इन्टेरियर : कार भित्र पानी पसेमा फर्श, सिट र ड्यासबोर्डमा क्षति पुग्न सक्छ । पानीको कारण फंगस र दुर्गन्धको समस्या पनि सामना गर्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा कार सफा गर्नु महँगो पर्न सक्छ ।

सम्बन्धित समाचारहरू

४८० किमी रेन्ज दिने स्कोडाको नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक

४८० किमी रेन्ज दिने स्कोडाको नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक

स्कोडाले फ्रेस अल–इलेक्ट्रिक एसयूभी ‘इलरोक’ सार्वजनिक गरेको छ । सो...

शोरुम पुगे महिन्द्रा एक्सयूभी ४०० ईभी, नयाँ ईभीका साथ नेपाली बजारमा पुनरागमन गर्दै महिन्द्रा नेपाल

शोरुम पुगे महिन्द्रा एक्सयूभी ४०० ईभी, नयाँ ईभीका साथ नेपाली बजारमा पुनरागमन गर्दै महिन्द्रा नेपाल

काठमाडौं – महिन्द्राको नयाँ इलेक्ट्रिक कार एक्सयूभी ४०० ईभी काठमाडौं...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...