विद्यालय र अभिभावकमाझ लोकप्रिय बन्दै लोकोन्याभ सिप्रदी एप

काठमाडौं - सिप्रदी ट्रेडिङ्ग प्रालिले स्कूल बसहरुलाई लक्षित गरी सञ्चालनमा ल्याएको जीपीएस ट्रयाकिङ र फ्लीट म्यानेजमेन्ट एप्लिकेसन ‘लोकोन्याभ सिप्रदी एप’ पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको छ ।

सिप्रदीका अनुसार, सन् २०२२ जुलाईदेखि स्कूलबसलाई थप सुरक्षित एवम् सहज यात्राको सारथीका रुपमा सञ्चालनमा ल्याइएको लोकोन्याभ सिप्रदीले आफ्नो पूर्व निर्धारित उद्देश्यमा सफलता पाएको छ । जसकारण अन्य विद्यालय र अभिभावकले समेत यस प्रति निकै चासो र अभिरुचि दर्शाउँदै गईरहेका छन् ।

लोकोन्याभ सिप्रदी एप्लिकेसनले विद्यालय प्रशासनलाई गाडीको वास्तविक समय जीपीएस ट्रयाकिङ, रुट व्यवस्थापन, जियोफेन्स सेटिङको साथमा सम्पूर्ण गाडीहरुको कार्यसम्बन्धि विश्लेषण रिर्पोट पनि प्रदान गर्दै आइरहेको कम्पनीले जानकारी दिएको छ ।

यस्तै, एप्लिकेसनमा ओभर स्पीड, तीब्र ब्रेकिङ, अचानक एक्सिेलेरेशन जस्ता सुरक्षा सूचना समावेश गरिएको हुदाँ यस्ता सूचनाहरुले विद्यालय प्रशासनलाई जोखिमयुक्त ड्राइभिङ गतिविधिहरु पहिचान गर्न, चालकहरुलाई गति सीमा र सुरक्षित ड्राइभिङ सम्बन्धि तालिमहरु प्रदान गर्नको लागि मद्दत गर्ने गरेको कम्पनीको भनाई छ ।

त्यसैगरी, सडक दुर्घटना, गाडी बिग्रिने वा अन्य आपतकालीन अवस्थामा तुरुन्तै घटनास्थलको लोकेसनबारे जानकारी प्रदान गर्ने र यसको सहायताबाट उद्दार, मर्मतसहितका सहायता कार्यमा सहजता प्रदान गरिरहेको सिप्रदीले जनाएको छ ।
यसबाट क्षतिलाई प्रयोगकर्ता मैत्री इन्टरफेस भएको यस एप्लिकेसनलाई विद्यालयहरुले आफ्ना विद्यमान विद्यालय व्यवस्थापन प्लेटफर्महरुमा सजिलै इन्ट्रीगेट गर्न पनि सफल भएको बताइएको छ ।

यसैगरी, अभिभावकहरुले पनि यस एप्लिकेसनमार्फत गाडी कुन स्थानमा छ वा काहाँ आइपुग्यो ? भनि सजिलै ट्र्याक गर्न सक्ने हुदाँ अफ्ना बच्चाहरुलाई लिन वा पुर्याउन जाने समयको सहज व्यवस्थापन गर्नसक्नुका साथै बालबालिका सुरक्षित साथ विद्यालय पुगेको वा घर फर्किएको सुनिश्चित गर्ने गर्दछ ।

एप्लिकेसनबारे थप जानकारी दिँदै कम्पनीले उल्लेख गरेको छ, ‘प्रत्येक अभिभावकले आफ्ना बच्चाहरुको सुरक्षाबारे विश्वस्त रहन सकून् र विद्यालय प्रशासनले पनि आफ्ना यातायात प्रणाली पहिले भन्दा धेरै सुरक्षित, स्मार्ट र कुशलतापूर्वक संचालन गर्न सकुन भन्ने कुराको सुनिश्चितता यस एपमार्फत हुँदै आइरहेको छ ।’

विद्यालय प्रशासन तथा अभिभावकलाई लक्षित गरी ल्याइएको यस एप्लिकेसनले स्कूलबसको सुरक्षा तथा सहज व्यवस्थापनमा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

टाटा मोटर्सले इटालियन ट्रक निर्माता इभेकोलाई अधिग्रहण गर्ने, ४.५ अर्ब डलरमा सम्झौता हुँदै

टाटा मोटर्सले इटालियन ट्रक निर्माता इभेकोलाई अधिग्रहण गर्ने, ४.५ अर्ब डलरमा सम्झौता हुँदै

टाटा मोटर्सले इटालियन ट्रक निर्माता इभेकोलाई खरिद गर्ने भएको छ । ४.५ अर्ब...

८ सुरक्षित कार मध्ये ६ वटा कारसहित सेफ्टी चार्टमा टाटा मोटर्सको अग्रता

८ सुरक्षित कार मध्ये ६ वटा कारसहित सेफ्टी चार्टमा टाटा मोटर्सको अग्रता

टाटा मोटर्सका कारहरु सुरक्षाको मामिलामा अब्बल मानिएका छन् । सुरक्षाको...

टाटा ईभी ग्राहकका लागि सिप्रदीद्वारा ‘विन्टर ईभी सर्भिस एण्ड एक्सचेन्ज क्याम्प’ गरिदै

टाटा ईभी ग्राहकका लागि सिप्रदीद्वारा ‘विन्टर ईभी सर्भिस एण्ड एक्सचेन्ज क्याम्प’ गरिदै

काठमाडौं – टाटा मोटर्सका लागि नेपालको अधिकृत वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...