एमजी कोमेटको मूल्यमा वृद्धि, दुई भेरिएन्टको मूल्य अब कति ?

काठमाडौं । नेपाली बजारमा उपलब्ध कम मूल्यको ईभीको रुपमा परिचित एमजी कोमेटको मूल्य वृद्धि भएको छ । नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपाली बजारमा उपलब्ध दुई भेरिएन्टको मूल्यमा वृद्धि गरेको हो ।

नेपाली बजारमा दुई भेरिएन्ट पेस (एक्जिक्युटिभ) र प्ले (एक्साइट) उपलब्ध छन् । अब प्ले भेरिएन्टको मूल्य १९ लाख ४९ हजार र प्ले भेरिएन्टको मूल्य २२ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । यो भन्दा पहिले यी दुई भेरिएन्टको मूल्य क्रमशः १८ लाख ४९ हजार र २१ लाख ४९ हजार रुपैयाँ थियो ।

मिनी ईभी कोमेटमा एमजीले १७.३ किलोवाट आवरको ब्याट्री र ३१.२६ किलोवाटको मोटर जडान गरेको छ । यो ईभीलाई एकपटकको सिंगल चार्जमा २३० किलोमिटर चलाउन सकिने दावी गरिएको छ ।

कोमेटमा यात्रुको सुरक्षाका लागि आईपी–६७ रेटेड ब्याट्री, डुअल फ्रन्ट एयर व्याग, रियर पार्किङ सेन्सर र सवै यात्रुका लागि सिट वेल्टहरु राखिएको छ । सुविधा र सहजताका लागि यसमा एलसिडी स्क्रिन, रिमोट कन्ट्रोल लकिङ, म्यानुअल एसी र हिटर लगायत फिचर पाउन सकिन्छ ।

कम्पनीले यसको ब्याट्रीमा १ लाख २० हजार किलोमिटरसम्म अर्थात ८ वर्ष र हाई भोल्टेज कम्पोनेन्टमा १ किलोमिटरसम्म अर्थात ३ वर्षको वारेन्टी प्रदान गर्छ ।

एमजी कोमेट नेपाली बजारमा रुचाइएको मिनी ईभी हो । २० लाख रुपैयाँ हाराहारी मूल्यमा नयाँ ईभी किन्न चाहने ग्राहकको रोजाइमा यो सधै प्राथमिकतामा पर्ने गरेको छ ।

सम्बन्धित समाचारहरू

२०३० सम्ममा विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक बन्ने भारतको महत्वकांक्षा

२०३० सम्ममा विश्वको सबैभन्दा ठूलो ईभी उत्पादक बन्ने भारतको महत्वकांक्षा

विश्वको तेस्रो ठूलो अटो बजार भारत अव ईभी उत्पादनमा समेत आक्रमक बन्ने भएको छ...

नेपाली बजारमा औपचारिक रुपमा भित्रियो हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट

नेपाली बजारमा औपचारिक रुपमा भित्रियो हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट

काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

सीजी मोटर्सद्वारा नयाँ किफायती इलेक्ट्रिक पिकअप रिडारा इकोन सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

सीजी मोटर्सद्वारा नयाँ किफायती इलेक्ट्रिक पिकअप रिडारा इकोन सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं– सीजी मोटर्सले नेपाली बजारमा नयाँ रिडारा आरडी६ इकोन ४X४...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...