बजाजका ४०० सीसी र २५० सीसी बाइकमा ५ हजार मात्र फरक : फाइनान्स जात्राले झन सहज
काठमाडौं – नेपाली बजारमा बिक्री भइरहेका बजाजका दुई मोटरसाइकल डोमिनार ४००...
बजाज अटोले चाँडै नै आफ्नो अपडेटेड डोमिनार ४०० सहित भारतीय दुई पाङ्ग्रे सवारीसाधन बजारमा प्रवेश गर्ने तयारी गरिरहेको छ । कम्पनीले अब सो नयाँ पावर क्रुजरलाई डट-म्याट्रिक्स एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टरको साथ प्रस्ताव गर्न सक्छ । बजाजको सो परिमार्जित बाइक छिट्टै लन्च हुने अपेक्षा गरिएको छ ।
नयाँ बाइकमा नयाँ इन्स्ट्रयुमेन्ट कन्सोल ब्लुटुथ कनेक्टिभीटीको साथ उपलब्ध गराइनेछ । साथै, यसमा टर्न बाई टर्न नेभिगेसन, कल र एसएमएस अलर्ट जस्ता फिचर हुनेछ । सो नयाँ डिस्प्लेसँगै बजाजले फ्युल ट्याङ्कीमा रहेको सानो क्लस्टर पनि हटाएको छ ।
बजाजले आफ्नो नयाँ डोमिनार ४०० मा ओबीडी टुबी मापदण्ड पूरा गर्ने इन्जिनसहित लन्च गर्न सक्ने अनुमान गरिएको छ । पावरको हिसाबले यसमा ३७३.३ सीसी लिक्विड कुल्ड इन्जिन हुनेछ, जसले ३९.५ बीएचपी पावर र ३५ एनएम टर्क उत्पादन गर्छ । सो इन्जिन ६ स्पिड गियरबक्ससँग जोडिएको छ ।
बाइकमा हालको पल्सर एनएस४००जेड जस्तै राइड-बाई-वायर थ्रोटल र सम्भवतः धेरै फरक राइडिङ मोड हुन सक्छ । साथै कम्पनीले नयाँ डोमिनार ४०० को मूल्य अलिकति बढाउन सक्ने अनुमान गरिएको छ ।
काठमाडौं – नेपाली बजारमा बिक्री भइरहेका बजाजका दुई मोटरसाइकल डोमिनार ४००...
काठमाडौं–बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसरज हुलासचन्द...
बजाजले पल्सर एन २५० र एफ २५० लाई नयाँ कलर थिममा सार्वजनिक गरेको छ । यो नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...