होन्डाले लन्च गर्‍यो नयाँ २०२५ एक्टिभा स्कुटर, ३ भेरिएन्ट र ६ वटा रङ उपलब्ध

होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले आफ्नो सबैभन्दा लोकप्रिय स्कुटर एक्टिभाको नयाँ ओबीडीटटुबी कम्प्लायन्ट संस्करण लन्च गरेको छ।

सो स्कुटर अब भारतभर एचएमएसआई डीलरशिपमा उपलब्ध छ। नयाँ फिचरले सुसज्जित सो अपडेटेड एक्टिभा ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो । यसमा मेकानिकल अपडेटेड पनि गरिएको छ ।

यसको मेकानिकल अपडेट आगामी नियम पूरा गर्न र ग्राहकको सवारी अनुभव सुधार गर्न डिजाइन गरिएको हो। सो स्कुटरमा १०९.५१ सीसी सिंगल सिलिन्डर पीजीएम-एफआई इन्जिन समावेश छ ।

सो इन्जिनले ८००० आरपीएममा ५.८८ किलोवाटको पावर र ५५०० आरपीएममा ९.०५ एनएमको टर्क जेनेरेट गर्छ। साथै यसमा फ्युल एफिशिएन्सी बढाउनका लागि आइडलिङ स्टप सिस्टम पनि उपलब्ध गराइएको छ ।

नयाँ एक्टिभामा ४.२ इन्चको टीएफटी डिस्प्ले दिइएको छ, जसमा ब्लुटुथ कनेक्टिभिटी छ । यसमा अब यूएसबी टाइप सी चार्जिङ पोर्ट पनि समावेश छ ।

सो स्कुटर एसटीडी, डीएलएक्स र एच-स्मार्ट गरी तीन भेरिएन्टमा ल्याइएको छ । यसको डीएलएक्स भेरिएन्टमा अलोय ह्विल समावेश गरिएको छ । साथै सो स्कुटर ६ रङमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

नयाँ लुक र उन्नत सुविधासहित तेस्रो पुस्ताको होन्डा अमेजको डिजाइन स्केच सार्वजनिक

नयाँ लुक र उन्नत सुविधासहित तेस्रो पुस्ताको होन्डा अमेजको डिजाइन स्केच सार्वजनिक

होन्डाले आफ्नो सबैभन्दा लोकप्रिय सेडान कार अमेजको तेस्रो पुस्ताको मोडलको...

नबिल बैंकले होन्डा गाडी खरिद गर्न ७० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने

नबिल बैंकले होन्डा गाडी खरिद गर्न ७० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने

काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ...

चैत्र १७ गतेसम्म होन्डाको एक्सचेन्ज क्याम्प

चैत्र १७ गतेसम्म होन्डाको एक्सचेन्ज क्याम्प

काठमाडौं – नेपालका लागि होन्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...