सुचारु भयो ड्राइभिङ लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाट थाहा पाइने सेवा
काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छपाइ भए/नभएको...
काठमाडौं – भिसा र जब अप्लाइ जस्ता अत्यावश्यक कार्यका लागि तत्काल चालक अनुमति पत्र अर्थात ड्राइभिङ लाइसेन्स पाइने भएको छ । सरकारले अत्यावश्यक चालक अनुमति पत्र छपाई सम्बन्धी निर्देशिका २०८१ कार्यान्वयनमा ल्याएको छ । यससँगै यातायात व्यवस्था विभागले भिसा र जब अप्लाइका लागि अत्यावश्यक सवारी चालक अनुमति पत्र तत्काल उपलब्ध गराउने भएको छ ।
‘वैदेशिक रोजगार, वैदेशिक अध्ययन, अन्तर्राष्ट्रिय शान्ति मिसन र कूटनीतिक नियोगमा खटिनुपर्ने पदाधिकारी लगायत चालक अनुमति पत्र अत्यावश्यक भएका प्रचलित कानुन बमोजिम चालक अनुमति पत्र प्राप्त गर्न योग्य नागरिकलाई चालक अनुमति पत्र अत्यावश्यक छपाई गरी उपलब्ध गराउन वाञ्छनीय भएकाले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ६२ ले दिइएको अधिकार प्रयोग गरी विभागले यो निर्देशिका लागू गरेको छ,’ निर्देशिकामा भनिएको छ । विभागले कुनै नेपाली नागरिकलाई प्रवेशाज्ञा प्राप्त (भिसा अप्लाइ) गर्न अत्यावश्यक भए तत्काल चालक अनुमतिपत्र छपाई गर्न सक्नेछ । निवेदकले भिसा अप्लाइ गर्न चालक अनुमति पत्र अत्यावश्यक भएको पुष्टि भएको कागजातसहित सम्बन्धित कन्सल्टेन्सी वा म्यानपावर कम्पनी वा स्पोन्सरबाट सिफारिसपत्र संलग्न गरी विभागसमक्ष आवेदन गर्नुपर्नेछ ।
सवारी चालक अनुमतिपत्रको फारम वेबसाइटमा गई विभागसमक्ष अनलाइन आवेदन गर्न सकिनेछ । तर सर्भर डाउन लगायतका समस्या भएमा आवश्यक कागजात संलग्न गरी विभागसमक्ष आवेदन गर्न सकिने निर्देशिकामा उल्लेख छ । साथै विद्यालय अस्पताल सार्वजनिक निकायमा चालक अनुमतिपत्र अत्यावश्यक भएमा योग्य नागरिकले कार्यालयको सिफारिससहित चालक अनुमति पत्र अत्यावश्यक छपाइका लागि आवेदन गर्न सक्ने व्यवस्था रहेको निर्देशिकामा उल्लेख छ ।
आवेदकले दिइएको आवेदन छानबिन गर्दा तथा संलग्न आवेदन कागजात रुजु गर्दा उपयुक्त देखिएमा विभागले चालक अनुमतिपत्र अत्यावश्यक छपाई गर्ने गरी उपलब्ध गराउन सक्ने जनाइएकाे छ ।
सरकारी तथा निजी क्षेत्रमा कुनै रोजगारीका लागि आवेदन (जब अप्लाइ) गर्न सवारी चालक अनुमतिपत्र अनिवार्य रूपमा पेस गर्न माग भएको देखिएमा त्यस्तो क्षेत्रमा रोजगारको लागि निवेदन दिने व्यक्तिले तत्काल चालक अनुमतिपत्र पाउने भएका छन् ।
चालक अनुमतिपत्र अत्यावश्यक छपाइका लागि जब अप्लाइकाे फारम वा जब अप्लाइका लागि चालक अनुमतिपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्ने कुरा पुष्टि हुने कागजात समेत संलग्न गरी विभागमा आवेदन गर्न सकिनेछ ।
काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छपाइ भए/नभएको...
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत जेठ १ गतेदेखि लागु हुने गरी...
काठमाडौं – सवारी साधनमा लाग्ने कर हाल विभिन्न प्रदेशमा फरक फरक भएकोमा अब...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...