एकै स्थानमा ७ ईभी ब्रान्डका गाडी एक्सचेन्ज गर्न सकिने, यस्ता छन् आकर्षक अफर
काठमाडौं – नेपालका लागि विभिन्न ईभी मोडलको आधिकारिक वितरक सीजी मोटर्सले...
चितवन महोत्सवमा स्टल राखिएको स्काइवेलको स्टलमार्फत नेपालमा उपलब्ध सर्वाधिक रेन्ज ६२० किमी दिने स्काईवेल ईटी५ बुकिङ हुनुका साथै डेलिभरी समेत गरिएको छ । यसको मूल्य १ करोड १५ लाख रुपैयाँ रहेको छ । नेपालका लागि स्काइवेलको आधिकारिक वितरक जी मोटर्सले यसको जानकारी दिएको छ ।
’चितवन महोत्सब २०८१’ मा जी मोटर्सका बिजनेस हेड युग प्रसाद रिमालले स्काइवेलको प्रीमियम ईभी डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारश मणि गेलालले जानकारी दिए ।
चितवन महोत्सब २०८१ मा उपलब्ध ईभीमा स्काइवेलकै प्रिमियम र लङ रेन्ज रोज्नुको कारण चाहिँ नेपालको बाटोमा १९७ एमएम ग्राउन्ड क्लियरेन्स भएको एवं सबै भन्दा बढी रेन्ज दिने र धेरै सुविधा सम्पन्न ईभी भएको बताइएको छ ।
युरोपियन बजारमा अब्बल बिक्री रहेको र गुणस्तरयुक्त भएकोले सो गाडी ग्राहकको रोजाइमा परेको बताउँदै जी मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले चितवनका ग्राहकलाई हार्दिक कृतज्ञता एवम् धन्यवाद व्यक्त गरे ।
गेलालले आगामी दिनमा चितवनको बजारलाई मुख्य बजारको रुपमा अगाडि बढाउने र छिट्टै नै चितवनमा सेल्स, सर्भिस र स्पेयर पार्ट्स सहितको शोरुम स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
१५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको सो प्रिमियम ईभीले नेपाली बजार एवं ग्राहकमा सकारात्मक प्रभाव प्रदान गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
हाल नेपालमा १४० वटा भन्दा बढी ६२० किलोमिटर रेन्ज दिने स्काइवेलका ईटी५ प्रिमियम विद्युतीय एसयूभी बिक्री–वितरण भएको कम्पनीको दावी छ । चितवन महोत्सवमा ५ युनिट भन्दा बढी गाडी बुकिङ भएको बताइएको छ ।
ईटी५, बीई ११ मोडलमा हाल कम्पनी सँग ६२०, ५२० र ४१० किलोमिटर रेन्ज दिने प्रिमियम यसयूभी बिक्रीका लागि उपलब्ध छन् ।
यृुरोपेली बजारमा रुचाइएका स्काइवेलका प्रिमियम सवारीको गुणस्तरीय परफर्मेन्स र उच्च १५० किलोवाटको पावरका साथ नेपालका सबै भुभागमा सहजै यात्रा गर्न सकिन्छ ।
स्काइवेल जर्मनी, युके, अष्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड लगायतका ६५ भन्दा बढी देशमा बिक्री भइरहेको छ ।
काठमाडौं – नेपालका लागि विभिन्न ईभी मोडलको आधिकारिक वितरक सीजी मोटर्सले...
हिमाचल प्रदेशको लाहौल–स्पीति जिल्लाको काजामा विश्वको सबैभन्दा अग्लो...
काठमाडौं – कोमाकी ईभीको नेपालका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...