२०२५ एट्टो–३ को तस्विर सार्बजनिक, यस्तो हुनेछ लुक्स र डिजाइन

बीवाईडीले आफ्नो लोकप्रिय मोडल एट्टो३ को २०२५ संस्करण सार्बजनिक गरेको छ । सो अपडेटेड भर्सनको तस्विरलाई कम्पनीले चीनको नियामकिय निकाय उद्योग तथा सुचना प्रबिधी मन्त्रालयमा पठाउने क्रममा सार्बजनिक गरेको हो ।

सार्बजनिक भएको उक्त तस्विरमा नयाँ एट्टो३ निकै आकर्षक र बोल्ड देखिएको छ । यसको फ्रन्ट फेन्डरमा क्यामेरा राखिएको प्रष्ट देख्न सकिन्छ भने नयाँ बम्परले लुक्सलाई थप एग्रेसिभ बनाएको छ । २०२५ एट्टो३ को ग्रिल र हेडलाइट भने परिवर्तन भएको छैन ।

अगाडी राखिएको नयाँ क्यामेराले एडास फिचरलाई थप प्रभावकारी बनाउने अनुमान गरिएको छ । बीवाईडीले हालै चीनको प्रख्यात ड्रोन निर्माता डिजेआईसंग एडास फिचर लिने गरी एक सम्झौता गरेको थियो ।

कारको पछाडी भागमा सामान्य परिवर्तन मात्रै गरिएको छ । पछाडी यसको रुफ स्पोइलर र रुफ पिल्लरमात्र परिवर्तन गरिएको छ भने बम्पर लाईनलाई फ्रन्टको डिजाइन ल्यांग्वेजसंग म्याच हुनेगरी अपग्रेड गरिएको छ ।

चिनियाँ बजारमा युवान प्लस नामले बिक्री हुँने सो नयाँ भर्सन यसै वर्षको दोस्रो त्रैमासिकमा लन्च हुने अनुमान गरिएको छ । नयाँ मोडलको मुल्य र इन्टेरियरमा गरिएको अपडेट भने सार्बजनिक गरिएको छैन ।

सम्बन्धित समाचारहरू

युरोपमा टेस्लाको व्यापार ४० प्रतिशतले घट्दा बीवाईडीको २२५ प्रतिशत वृद्धि

युरोपमा टेस्लाको व्यापार ४० प्रतिशतले घट्दा बीवाईडीको २२५ प्रतिशत वृद्धि

युरोपमा टेस्लाले आफ्नो बजार गुमाइरहेको एक तथ्यांकले देखाएको छ । उसको...

सडकमा देखिने ‘डल्फिन’ को भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दा १ लाख जित्ने अवसर

सडकमा देखिने ‘डल्फिन’ को भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्दा १ लाख जित्ने अवसर

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आगामी...

एलएफपी ब्लेड ब्याट्री उत्पादनका लागि बीवाईडीले दियो जीएम र फोर्डको सप्लायरलाई सहमति

एलएफपी ब्लेड ब्याट्री उत्पादनका लागि बीवाईडीले दियो जीएम र फोर्डको सप्लायरलाई सहमति

कमर्सियल सवारी साधनका लागि आवश्यक लिथियम आइरन फस्फेट (एलएफपी) ब्लेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...