सवारी साधन लगायतका विविध सामग्री बिक्रीका लागि एनआईसी एसिया बैंकको अनलाइन पोर्टल सार्वजनिक

काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्ति, गैर–बैंकिङ्ग सम्पत्ति र धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीको जानकारी प्राप्त गर्नका लागि एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ।

बैंकको यस पहलले लिलाम बिक्री प्रक्रियामा पारदर्शिता र सजिलो पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

बैंकका अनुसार, ग्राहकहरूले पोर्टल मार्फत सवारी साधन लगायतका लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको विस्तृत विवरण, फोटो, नक्सा, र स्थान (गुगल म्याप) सहितका जानकारीहरू प्राप्त गर्न सक्नेछन्। लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको बारेमा थप जानकारी चाहिने ग्राहकहरूले पोर्टलमा उपलब्ध म्यासेज बक्समा सम्पर्क विवरण राखेर सोधपुछ गर्न सक्नेछन्।

बैंकका अनुसार यस पोर्टलमार्फत नियमित रूपमा लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूका बारेमा जानकारी अपडेट गरिनेछ। यसका साथै, ग्राहकहरूले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको क्युआर कोड स्क्यान गरेर पोर्टलमा पहुँच प्राप्त गर्न सक्नेछन्।

एनआईसी एशिया बैंकले यस अनलाइन पोर्टललाई सुरु गरेर लिलाम बिक्री प्रक्रिया थप सुलभ र पारदर्शी बनाउने आशा गरेको छ।

सम्बन्धित समाचारहरू

अटो लोनमा एनएमबि बैंकको सक्रियता : ५ वर्ष सम्म एउटै ब्याजदर, इलेक्ट्रिकमा सहुलियत

अटो लोनमा एनएमबि बैंकको सक्रियता : ५ वर्ष सम्म एउटै ब्याजदर, इलेक्ट्रिकमा सहुलियत

काठमाडौं – एनएमबि बैंकले अटो लोनमा सक्रियता देखाएको छ । बजारमा उपलब्ध अटो...

आइएमई मोटर्सका सवारी साधन किन्दा रिलायन्स फाइनान्सले ७० प्रतिशत सम्म फाइनान्स गर्ने

आइएमई मोटर्सका सवारी साधन किन्दा रिलायन्स फाइनान्सले ७० प्रतिशत सम्म फाइनान्स गर्ने

काठमाडौँ- आइएमई मोटर्स र रिलायन्स फाइनान्सबिच ७० प्रतिशत सम्मको सवारी...

एभरेष्ट फेस्टिभ बोनान्जा २०८० : १०.९९ प्रतिशत स्थिर ब्याजदरमा सवारी कर्जा पाइने

एभरेष्ट फेस्टिभ बोनान्जा २०८० : १०.९९ प्रतिशत स्थिर ब्याजदरमा सवारी कर्जा पाइने

काठमाडौँ( एभरेष्ट बैंकले आउँदै गरेका दसैं तिहारलगायत चाडपर्वलाई लक्षित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...