याडियाले सार्वजनिक ग-यो सोडियम आयोन ब्याट्री भएको इलेक्ट्रिक स्कुटर

चाइनिज टु ह्विलर इलेक्ट्रिक सवारी निर्माता कम्पनी याडियाले सोडियम आयोन ब्याट्री प्याकबाट संचालित पहिलो स्कुटर सार्वजनिक गरेको छ । याडियाका अनुसार सो स्कुटर १५ मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

चीनको हाङझाउमा सम्पन्न सोडियम इलेक्ट्रिक भेइकल कन्फ्रेन्समा कम्पनीले सो ब्याट्रीबाट चल्ने चार मोडल बिक्रीका लागि उपलब्ध भएको जानकारी गराएको थियो । यी स्कुटरको मूल्य ३ हजार २९९ युआन देखि ४ हजार २९९ युआन अर्थात ४५० डलर देखि ५९० डलर सम्म तोकिएको छ ।

याडियाका अनुसार ती स्कुटरमा युजी सोडियम ब्याट्रीको प्रयोग गरिएको छ, जसमा नेगेटिभ इलेक्ट्रोडका लागि कार्बन मेटरियलको प्रयोग गरिएको छ । यसको ब्याट्री सेलको इनर्जी डेन्सिटी १४५ वाट आवर प्रति किलोग्राम छ र सामान्य तापक्रममा यसलाई १ हजार ५ सय पटक चार्ज र डिस्चार्ज गर्न सकिन्छ । नियमित रुपमा प्रयोग गर्दा पनि यसलाई पाँच वर्ष सम्म चलाउन सकिन्छ ।

कन्फ्रेन्समा आधिकारिक रुपमा यसको जानकारी सार्वजनिक नगरे पनि यसको वेबसाइटमा उल्लेख भए अनुसार सो ब्याट्रीमा सामान्य भोल्टेज ४८ भोल्ट छ भने यसको क्षमता २४ एएच रहेको छ । यसले सिंगल चार्जमा ७० किलोमिटर भन्दा बढी रेन्ज दिनेछ ।

स्कुटरमा टिफार इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ, जसको ४०० वाट पावर छ । यसको टप स्पिड २५ किलोमिटर प्रतिघण्टा छ ।

नेपाली बजारमा समेत याडियाका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । नेपालमा कुजु नेपाल प्रालिले याडियाका इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

एमएडब्लु वृद्धि एक्सचेन्ज मेलाको आज अन्तिम दिन, ग्राहकको उत्साहकजनक सहभागिता

एमएडब्लु वृद्धि एक्सचेन्ज मेलाको आज अन्तिम दिन, ग्राहकको उत्साहकजनक सहभागिता

काठमाडौं– नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले गत...

टाटा सिएरा ईभी संस्करणमा आउने

टाटा सिएरा ईभी संस्करणमा आउने

टाटा मोटर्सले मिड साइज एसयूभी टाटा सिएराको ईभी भेरिएन्ट छिट्टै बजारमा...

नेपाली शोरुममा आइपुग्यो सिंगल चार्जमा ५ सय किमी दिने ओराको इलेक्ट्रिक कार गुड क्याट

नेपाली शोरुममा आइपुग्यो सिंगल चार्जमा ५ सय किमी दिने ओराको इलेक्ट्रिक कार गुड क्याट

काठमाडौं– चिनियाँ कम्पनी ओराको इलेक्ट्रिक कार गुड क्याट नेपाली बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...