अपग्रेड भएर आयो पल्सर आरएस २००, मूल्य कति ?

बजाजले पल्सर आरएस २०० को २०२५ संस्करण सार्वजनिक गरेको छ । केही फिचरमात्रै अपडेट गरेर ल्याइएको सो बाइकको मूल्य १ लाख ८४ हजार भारु निर्धारण गरिएको छ ।

बाइकको अगाडि एलईडी डीआरएल सहितको डुअल प्रोजेक्टर हेडल्याम्प र एकीकृत एलईडी टेललाइटसहित पुनः डिजाइन गरिएको टेल सेक्सन पाउन सकिन्छ । नयाँ पल्सर आरएस २०० मा केही नयाँ फिचर भने थप गरिएको छ ।

बाइकमा अब ब्लुटुथ–इनेवल्ड एलसिडी इन्स्ट्रयुमेन्ट कन्सोलको साथ टर्न–बाई–टर्न नेभिगेसन र कल/म्यासेज अलर्ट जस्ता फिचर उपलब्ध हुने जनाइएको छ । इन्जिन भने उहि पुरानै १९९ सिसी सिंगल–सिलिन्डर जडान गरिएको छ ।

उक्त इन्जिनले २४.१३ बिएचपी पावर र १८.७४ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई असिस्ट र स्लिपर क्लच मार्फत ६ स्पीड गियरबक्ससँग जोडिएको छ । यसमा रोड, रेन र अफरोड गरी कुल तिनवटा राइडिङ मोड राखिएको छ ।

बाइकको अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनो–शक जडान गरिएको छ । दुबै चक्कामा डिस्क ब्रेक राखिएको यस नयाँ मोडलमा डुअल–च्यानल एबिएस समेत पाउन सकिन्छ । यो ग्लोसी रेसिङ रेड, पर्ल मेटालिक ह्वाइट र एक्टिभ साटिन ब्ल्याक कलरमा उपलब्ध हुनेछ ।

भारतिय बजारमा निकै पहिले लन्च भएको यो मोटरसाइकल नेपाली बजारमा भने आउन बाँकी नै छ । नयाँ मोडललाई संभवत यसै वर्ष नेपाल ल्याउन हंसराज हुलासचन्द एण्ड कम्पनीले पहल गर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

यस्ता छन् नेपाली बजारमा उपलब्ध थ्री ह्विलर (मूल्य र इन्जिन क्षमता सहित)

यस्ता छन् नेपाली बजारमा उपलब्ध थ्री ह्विलर (मूल्य र इन्जिन क्षमता सहित)

नेपाली अटो बजारमा अटो रिक्सा समेत भनिने थ्री ह्विलरको माग बढ्न थालेको छ ।...

पल्सर १५० किन्दा रोशनले जिते १० लाख पुरस्कार

पल्सर १५० किन्दा रोशनले जिते १० लाख पुरस्कार

काठमाडौ – माछित्जीत्कैया–६, लग्मा निवासी रोशन साफिले ओम अटोमोबाइल,...

फ्याक्ट्री फिटेड एसेसरिजको साथमा बजाज डोमिनार ४०० को अपडेटेड भर्सन लन्च

फ्याक्ट्री फिटेड एसेसरिजको साथमा बजाज डोमिनार ४०० को अपडेटेड भर्सन लन्च

बजाज अटोले पावरफुल बाइक बजाज डोमिनार ४०० को अपडेटेड मोडल भारतमा लन्च गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...