बाहिरियो भारतमा सन् २०२४ मा सबैभन्दा धेरै बिक्री भएका १० कारको सूची

२०२४ मा भारतमा व्यापक रूपमा एसयूभी बिक्री भएको थियो । साथै ७ सिटर कम्प्याक्ट एमपीभी र ७ सिटर एसयूभी सेगमेन्टका गाडीको बिक्री पनि बढेको थियो । टाटा पन्चले गत वर्ष बिक्रीमा शीर्ष स्थान हासिल गरेको थियो। बिक्रीको मामलामा मारुती सुजुकी वागनआर दोस्रो स्थानमा थियो । २०२४ मा १० सबैभन्दा बढी बिक्री हुने कारको सूची यस्तो छ:

टाटा पन्च २०२४ मा सबैभन्दा बढी बिक्री हुने कारको सूचीमा शीर्ष स्थानमा परेको थियो । २०२४ मा टाटा पन्च २ लाख २ हजार ३१ युनिट बिक्री भएको थियो । त्यस्तै मारुती सुजुकी वागनआर दोस्रो स्थानमा परेको छ, जसले कुल १ लाख ९० हजार ८५५ युनिट बिक्री भएको थियो ।

बिक्री सुचीमा मारुती सुजुकी अर्टिगा तेस्रो स्थानमा थियो । मारुती सुजुकी अर्टिगा यस अवधिमा कुल १ लाख ९० हजार ९१ कार बिक्री भएको थियो । जबकि मारुती सुजुकी ब्रेजा बिक्रीको यो सूचीमा चौथो स्थानमा थियो । मारुती सुजुकी ब्रेजा यस अवधिमा कुल १ लाख ८८ हजार १६० युनिट कार बिक्री भएको थियो ।

हुन्डाई क्रेटा बिक्रीको यो सुचीमा पाँचौं स्थानमा रह्यो। हुन्डाई क्रेटा यस अवधिमा कुल १ लाख ८६ हजार ९१९ युनिट कार बिक्री भएको थियो । बिक्रीको यो सुचीमा मारुती सुजुकी स्विफ्ट छैटौं स्थानमा थियो । मारुती सुजुकी स्विफ्ट यस अवधिमा कुल १ लाख ७२ हजार ८०८ युनिट बिक्री भएको थियो ।

मारुती सुजुकी बलेनो बिक्रीको यो सुचीमा सातौं स्थानमा थियो । मारुती सुजुकी बलेनो यस अवधिमा कुल १ लाख ७२ हजार ९४ युनिट कार बिक्री भएको थियो भने बिक्रीको यो सुचीमा मारुती सुजुकी डिजायर आठौं स्थानमा थियो । मारुती सुजुकी डिजायर यस अवधिमा कुल १ लाख ६७ हजार ९८८ युनिट कार बिक्री भएको थियो ।

महिन्द्रा स्कोर्पियो बिक्रीको यो सुचीमा नौ नम्बरमा थियो । महिन्द्रा स्कोर्पियो यस अवधिमा कुल १ लाख ६६ हजार ३६४ युनिट कार बिक्री भएको थियो । जबकि बिक्रीको यो सूचीमा टाटा नेक्सन दशौं स्थानमा थियो। टाटा नेक्सन यस अवधिमा कुल १ लाख ६१ हजार ६११ युनिट कार बिक्री भएको थियो ।

सम्बन्धित समाचारहरू

टाटाको नेक्सन ईभी म्याक्स अब वीरगन्जमा

टाटाको नेक्सन ईभी म्याक्स अब वीरगन्जमा

काठमाडौं – टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले...

यी विशेषताले वन्न सक्छ अल्टो के१० इन्ट्रि लेवल ह्याचव्याकमा नेपालकै उत्कृष्ट कार

यी विशेषताले वन्न सक्छ अल्टो के१० इन्ट्रि लेवल ह्याचव्याकमा नेपालकै उत्कृष्ट कार

लामो प्रतीक्षापछि मारुती सुजुकीले अन्ततः भारतीय बजारमा अल्टो के१० लन्च...

आयो हुन्डाई प्यालिसेडको दोस्रो जेनेरेशन, यस्तो छ विशेषता

आयो हुन्डाई प्यालिसेडको दोस्रो जेनेरेशन, यस्तो छ विशेषता

हुन्डाईले आफ्नो फ्ल्यागशिप एसयूभी पालिसेडको दोस्रो जेनेरेशन सार्बजनिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...