लाइसेन्सको आवेदन अब इडिएल प्रणालीबाट हुने, अनलाइनबाटै हुने भएकाले लाइन बस्न नपर्ने

काठमाडौं – श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदनका लागि ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ (इडिएल) प्रणाली लागु गर्ने भएको छ । यसको लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ ।

यस अनुसार अब निरोगिताको प्रमाणपत्र र बायोमेट्रिकका लागि लाममा बस्नुु पर्दैन । भुक्तनीदेखि लाइसेन्स आवेदनका सबै प्रक्रिया अनलाइनबाटै गरिने छ ।

प्रदेशले मातहतका यातायात कार्यालयहरूमा इडिएलको तयारी अन्तिम चरणमा पु–याएको छ । मन्त्रालयका प्रदेश सचिव बलराम निरौलाका अनुसार अबको दुई हप्तामा इडिएल प्रणाली लागू हुनेछ । त्यसपछि लाइसेन्सको आवेदन दिनेहरूले सबै प्रक्रिया अनलाइनबाट गर्ने र कहीँकतै लाममा बस्न जानु पर्दैन ।

त्यसका लागि राष्ट्रिय परिचयपत्रसँग लिङ्कअप गरिएको छ । जहाँ लाइसेन्सका लागि चाहिने बायोमेट्रिक राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट लिइन्छ ।

उक्त काम पहिले यातायात व्यवस्था विभागले गर्दै आएको थियो । विभागकै नियन्त्रणमा रहन्थ्यो तर अब भने बागमती प्रदेश सरकारले आफैँ गर्ने भएको हो ।

यो प्रणाली लागू भए पश्चात सवाग्राहीलाई लाइसेन्स लिन सहज हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

संगीतप्रेमीका लागि उत्कृष्ट कार: दमदार अडियो सिस्टमले ड्राइभिङ अनुभवलाई बनाउँछ अझ रोचक

संगीतप्रेमीका लागि उत्कृष्ट कार: दमदार अडियो सिस्टमले ड्राइभिङ अनुभवलाई बनाउँछ अझ रोचक

आजको समयमै ड्राइभिङ केवल यात्राको माध्यम मात्र नभई एक अनुभवको रूपमा विकास...

यात्रालाई सुरक्षित र सहज बनाउन हरेक चालकलाई आवश्यक पर्छ यी १० सामान

यात्रालाई सुरक्षित र सहज बनाउन हरेक चालकलाई आवश्यक पर्छ यी १० सामान

हरेक कार मालिकका लागि गाडी केवल यात्राको साधन मात्र होइन, एक साथी पनि हो,...

बागमती प्रदेशमा अब ७० अंक ल्याए ड्राइभिङ लाइसेन्स पाइने, मन्त्रालयले लेख्यो पत्र

बागमती प्रदेशमा अब ७० अंक ल्याए ड्राइभिङ लाइसेन्स पाइने, मन्त्रालयले लेख्यो पत्र

काठमाडौं – बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र अर्थात ड्राइभिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...