केई कस्टमर -याली सम्पन्न, ब्रान्डप्रतिको विश्वासमा वृद्धि
काठमाडौं – नेपालका लागि केई ईभीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स र...
सन् २०२४ को डिसेम्बर महिनामा थाइल्यान्डमा विभिन्न इलेक्ट्रिक सवारी साधन बिक्रीको आंकडा अनुसार नेटाले ६८४ युनिट प्राप्त गरेको बताइएको छ। उक्त तालिकामा नेपालमा समेत उपलब्ध रहेका विभिन्न ब्रान्डका इलेक्ट्रिक सवारी साधनहरु समाबेश भएको पाउन सकिन्छ ।
नेपालका लागि नेटा ब्रान्डको आधिकारिक वितरक सिजी मोर्टसले नेटाका नेटा भी र नेटा एक्स नेपालमा पनि बिक्री वितरण गर्दै आइरहेको छ ।
नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक सवारी साधन अर्थात ईभी चाहने व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प हो। यसमा भएको ४०.७ किलोवाट आवरको ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ, जबकि ५० किलोवाट मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ। १२० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तिव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ।
नेटा भीले छिटो २० मिनेटको चार्जमा ३० प्रतिशतबाट ८० प्रतिशत सम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ। यसले सिंगल चार्जमा ३८० किलोमिटरको रेन्ज दिन्छ र यो सीएटीएलको लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी छ।
नेटा एक्सले सिंगल चार्जमा ५०० किलोमिटर सम्मको रेन्ज दिन्छ । यसमा १८५ एमएम ग्राउन्ड क्लियरेन्स छ, जसले चालकलाई सुरक्षा महसुस गराउँछ। सीएटीएलका अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित नेटा एक्समा ८ वर्ष वा १ लाख ८० हजार किलोमिटर सम्मको वारेन्टी उपलब्ध हुन्छ । यसकारण गाडीमा विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी उपलब्ध छ ।
यी सुविधाहरूले नेटा एक्सलाई एक बहुउपयोगी र वातावरणमैत्री इलेक्ट्रिक एसयूभीको रूपमा आकर्षक विकल्प बनाएको छ ।
काठमाडौं – नेपालका लागि केई ईभीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स र...
काठमाडौं–एमएडब्लू वृद्धि स्पीड चार्जर्सले नेपालको इतिहासमा नयाँ...
महिन्द्रा ग्रुपको स्वामित्वमा रहेको प्युजो मोटरसाइकलले टेनिस सुपरस्टार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...