अब परासीबाट पनि चारपांग्रे सवारी साधनको लाइसेन्स

नवलपरासी - यातायात व्यवस्था सेवा कार्यालय पश्चिम नवलपरासीले चार पाङ्ग्रे सवारी साधनको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न सुरुआत गरेको छ । यहाँ २०७८ साल फागुन १ गतेबाट सेवा कार्यालय स्थापना भएको थियो ।

कार्यालयले यस अगाडि मोटरसाइकल र स्कुटरको मात्र चालक अनुमतिपत्र दिँदै आएको थियो । सेवा थप भएसँगै चार पाङ्ग्रे सवारीसाधन (कार, जिप, डेलिभरी भ्यान), टेम्पो, अटोरिक्सा, ई–रिक्सा र ट्रयाक्टरको अनुमतिपत्रका लागि अनलाइन आवेदन मागसमेत गरिएको कार्यालय प्रमुख श्यामलाल न्यौपानेले जानकारी दिए ।

कार्यालयबाट ब्लूबुक नवीकरण, जाँचपास, नवीकरण तथा रुट परमिट, लाइसेन्स नवीकरण एवं दुई पाङ्ग्रेका लाइसेन्स वितरणको काम हुँदै आएको छ । यसैबीच सवारीसाधन ग्रेडिङ गरी अनुमतिपत्र दिने नीति लागू भएपछि दुर्घटनामा पनि कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अमृत भण्डारीले बताए । पछिल्लो समय दुर्घटना व्यवस्थापनका लागि सवारी चालकले अनिवार्य अनुमतिपत्र लिएरमात्र सवारीसाधन चलाउने नियममा कडाइ गर्न थालिएको छ ।

सम्बन्धित समाचारहरू

अनलाइन कार डिलर एक साताभित्रै बन्द हुँदै : ९० हजार गाडी स्टकमा, सयाै‌‌को जागिर धरापमा

अनलाइन कार डिलर एक साताभित्रै बन्द हुँदै : ९० हजार गाडी स्टकमा, सयाै‌‌को जागिर धरापमा

करिव ९१ हजार कार बिक्रीका लागि स्टकमा भइरहेको समयमा प्रतिष्ठित अनलाइन कार...

बन्द भयो सवारी चालक अनलाइन आवेदन प्रणाली, खुल्ने अनिश्चित

बन्द भयो सवारी चालक अनलाइन आवेदन प्रणाली, खुल्ने अनिश्चित

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि अनलाइन...

डेढ महिनामा पाँच हजार मात्रै लाइसेन्स प्रिन्ट, किन भइरहेको छ ढिलाई ?

डेढ महिनामा पाँच हजार मात्रै लाइसेन्स प्रिन्ट, किन भइरहेको छ ढिलाई ?

काठमाडौं–सुरक्षण मुद्रण केन्द्रले करिब डेढ महिनाको अवधिमा पाँच हजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...