लुयान : सर्भिस नेटवर्कमा अग्रणी ब्राण्ड, काठमाडौंमा मात्रै १४ स्थानमा विस्तार
काठमाडौं– नेपालमा इलेक्ट्रिक स्कूटरहरूको माग बढ्दो क्रममा छ । तीन दर्जन...
हाइब्रिड कारमा पेट्रोल/डिजेल इन्जिन र इलेक्ट्रिक मोटर दुवैको प्रयोग हुन्छ । यी दुवै प्रविधिको कारण हाइब्रिड कारको माइलेज पनि बढी हुन्छ । साथै यसले कार्बन उत्सर्जन पनि कम गर्छ । सहर र लामो दूरीको यात्राका लागि हाइब्रिड कार राम्रो विकल्प हुन सक्छ । बढ्दो प्रदूषण र विश्वभर पेट्रोल तथा डिजेलको बढ्दो मूल्यको कारण हाइब्रिड कार भविष्यका लागि महत्त्वपूर्ण विकल्प हुन सक्ने अनुमान गरिएको छ ।
हाइब्रिड कार मुख्य गरी माइल्ड हाइब्रिड, फुल हाइब्रिड र प्लग-इन हाइब्रिड गरी ३ प्रकारका हुन्छ । माइल्ड हाइब्रिड कारमा पेट्रोल इन्जिनसँगै इलेक्ट्रिक मोटर हुन्छ। फुल हाइब्रिड कारमा इलेक्ट्रिक मोटर र इन्जिन दुवै स्वतन्त्र रूपमा काम गर्छ र प्लग-इन हाइब्रिडमा ठुलो ब्याट्री हुन्छ, जसलाई बाह्य चार्जिङबाट चार्ज गर्न सकिन्छ।
हाइब्रिड कार लामो दुरीको यात्राको लागि निकै उपयोगी हुन सक्छ । यसमा ईभीमा जस्तै ब्याट्री डिस्चार्ज हुने चिन्ता हुँदैन । यदि यात्राको समयमा यसमा भएको ब्याट्री सकेको खण्डमा पेट्रोल इन्जिनले काम गर्छ । इलेक्ट्रिक कार भन्दा हाइब्रिड कार सस्तो पनि हुन्छ र पेट्रोल कारको तुलनामा हाइब्रिड कारमा लाग्ने खर्च पनि कम हुन्छ ।
हाल ईभीको लागि पूर्वाधारको अभाव र चार्जिङ स्टेशनको अभावको कारण इलेक्ट्रिक कार पूर्ण रूपमा अपनाउन अलि समय लाग्न सक्छ । जसको कारण हाल ग्लोबल स्तरमा हाइब्रिड गाडीको माग बढ्दै गएको छ। युरोपमा त इलेक्ट्रिक कारको तुलनामा हाइब्रिड कारको माग बढी छ । यद्यपि ब्रिटेन जस्ता देशले भने पहिलादेखि चलिरहेको हाइब्रिड कार बन्द गर्ने तयारी गरिरहेको छ । ब्रिटेनले २०३० सम्म जिरो एमिशन नीति अन्तर्गत हाइब्रिड गाडीको प्रयोगलाई बन्द गर्ने तयारी गरिरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा टोयोटा, होन्डा, हुन्डाई जस्ता कम्पनीले हाइब्रिड कार बिक्री गरिरहेका छन् भने भारतमा टोयोटा इनोभा हाईक्रस, मारुती सुजुकी ग्रान्ड भिटारा, टोयोटा अर्बन क्रुजर हाइराइडर र होन्डा सिटी जस्ता हाइब्रिड कार उपलब्ध छ ।
हाइब्रिड कारले पेट्रोल र डिजेल कारको तुलनामा बढी माइलेज दिन्छ । हाइब्रिड कारले ट्राफिक जाममा इलेक्ट्रिक मोटर र राजमार्गमा पेट्रोल इन्जिन प्रयोग गर्छ । इन्जिन र इलेक्ट्रिक मोटरको मद्दतले हाइब्रिड कारले माइलेज पनि बढी दिन्छ । यद्यपि हाल हाइब्रिड कार पेट्रोल/डिजेल कार भन्दा महँगो छ ।
यसमा पाइने ब्याट्री र मोटरका कारण हाइब्रिड कारको मर्मतसम्भारमा पनि बढी खर्च लाग्छ । साथै बजारमा पेट्रोल र डिजेल कारको तुलनामा हाइब्रिड कारको विकल्प अझै सीमित मात्रामा छ। यदि ब्याट्री टेक्नोलोजीमा सुधार भयो र उत्पादन लागत घट्यो भने हाइब्रिड कार अझ सस्तो हुन सक्ने अनुमान गरिएको छ ।
काठमाडौं– नेपालमा इलेक्ट्रिक स्कूटरहरूको माग बढ्दो क्रममा छ । तीन दर्जन...
काठमाडौं – नयाँ आर्थिक वर्षको प्रारम्भिक महिना साउनमा थोरै मात्र सवारी...
काठमाडौं – नेपालका लागि ओमोडा एन्ड जेइकोका आधिकारिक वितरक एसपीजी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...