नाडा र नाडाका संस्थागत एसोसिएसन बिच वृहत अन्तर्क्रिया सम्पन्न

काठमाडौं – अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, हेटौंडा अटोमोबाइल्स एसोसिएसन र नाडा संस्थागत एसोसिएसनका पदाधिकारी तथा सदस्यबीचको बृहत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

हेटौंडा अटोमोबाइल्स एसोसिएसनको २४औं वार्षिक साधारण सभाको सन्दर्भमा यस्तो अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको हो । सो कार्यक्रममा उपस्थित सदस्यहरुले अटोमोबाइल क्षेत्रमा देखिएका विभिन्न समस्याहरुका सम्बन्धमा विभिन्न प्रश्न र जिज्ञासाहरु राखेका थिए ।

सो कार्यक्रममा खासगरी भन्सार विभाग र वाणिज्य विभागले जारी गरेको एमआरपीका विषयमा, भन्सार मूल्याङ्कनको समस्या, साफ्टाअन्तर्गत आएका अटोमोबाइल बस्तुहरु, झोले व्यापारीले पुर्याएको समस्या, मधेश प्रदेशमा विना प्यान नम्बर सञ्चालन ३००० पसलहरुको कारण अन्य व्यवसायीहरुलाई परिरहेको नकारात्मक असर, भ्याटमा दर्ता भएर राख्नुपर्ने लेखासम्बन्धी समस्याहरु, सदस्यहरुको हितका लागि भलाई कोषको व्यवस्था, व्यवसायमा चेक वाउन्सको व्यावहारिक समस्या, अटोमोबाइल व्यवसायीहरु इन्स्योरेन्समा आवद्ध नहुँदाको समस्या र नाडाका प्रदेश एसोसिएसनहरुलाई साधारण सभा सम्पन्न गर्नका लागि पनि नाडाले आर्थिक श्रोतको व्यवस्था गरि दिनुपर्ने जस्ता विषयहरुमा विस्तृत छलफल भएको थियो ।

छलफलको अन्त्यमा नाडाका अध्यक्ष करण चौधरीले छलफलमा उठेका प्रश्नहरुको प्रत्युत्तर समेत दिएका थिए भने नाडाका केन्द्रीय कार्य समितिका सदस्य सुनिल रिजालले स्पेयर पार्ट्स र एमआरपीका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।

कार्यक्रमको अन्त्यमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नाडा प्रदेशहरुलाई कर, भन्सार र भीसीटीएस सम्बन्धी प्रशिक्षण कार्यक्रम र सीप विकास सम्बन्धी तालिम कार्यक्रमको आयोजना गर्न आग्रह गर्दै त्यसका लागि नाडाले आवश्यक सहयोग गर्ने बताए । सो अन्तरक्रिया कार्यक्रमको सञ्चालन नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले गरेका थिए भने कार्यक्रमको समापन हेटौंडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष ऋषिप्रसाद ढकालले गरेका थिए ।

सो कार्यक्रममा नाडाका तर्फबाट संस्थागत सदस्य कुलवहादुर क्षेत्री, केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल, केन्द्रीय कार्य समिति आमन्त्रित सदस्यद्वय नारायणप्रसाद पौडेल र सागर सापकोटाको उपस्थिति रहेको थियो ।

त्यसैगरी हेटौडा अटोमोबाइल्स एसोसिएसनका निबर्तमान अध्यक्ष दामोदर अटल, बरिष्ठ उपाध्यक्ष धर्मराज धिमाल, उपाध्यक्ष जितेन्द्र तिवारी, महासचिव दिपेन्द्रकुमार उप्रेती, सचिव संञ्जयकुमार गुप्ता, कोषाध्यक्ष श्यामप्रसाद कडेल, कार्य समिति सदस्यद्वय उत्तमप्रसाद भण्डारी, सुजन उप्रेती, देवनारायण टुलाल, मुनालराज न्यौपाने, प्रकाश भट्टराई र क्षेत्रीय संयोजक दिपेश खड्गीको उपस्थिति रहेको थियो । सो अवसरमा जानकी अटोमोबाइल्स एसोसिएसनका प्रथम उपाध्यक्ष राहुल अग्रवाल समेतको उपस्थिति रहेको थियो ।

अन्तर्क्रिया कार्यक्रम सम्पन्न हुनुअघि हेटौंडामा नाडाको इतिहासमा पहिलो पटक नाडा इन्टर प्रोभिन्स लेभल फ्रेण्डली व्याडमिन्टन प्रतियोगिता समेत सम्पन्न गरिएको थियो । कूल ८ टिमबिच डवल्स व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएकोमा चितवन अटोमोबाइल्स एसोसिएसनका पूर्व अध्यक्ष अमृत जोशी र कार्य समिति सदस्य श्रीप्रसाद श्रेष्ठको जोडीले प्रतियोगिता जितेको थियो ।

सम्बन्धित समाचारहरू

नाडा अटो शोमा नामी ०६ सार्वजनिक

नाडा अटो शोमा नामी ०६ सार्वजनिक

काठमाडौ– भृकुटीमण्डपमा आजदेखी सुरु नाडा अटो शो २०२५ मा नामीको विद्युतीय...

वृहत तालिम सञ्चालनका लागि नाडा र परियोजना बीच सम्झौता

वृहत तालिम सञ्चालनका लागि नाडा र परियोजना बीच सम्झौता

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अन्तर्गत गठीत सीप विकास...

सरकार र राष्ट्र बैंकको निती विरुद्ध बिराटनगरका अटो व्यवसायी आन्दोलित

सरकार र राष्ट्र बैंकको निती विरुद्ध बिराटनगरका अटो व्यवसायी आन्दोलित

नाडाको संस्थागत सदस्य मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश नं. १ ले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...