यस्तो रह्यो माउन्ट एभरेस्ट मोटर स्पोर्ट्स फेस्टिभल, यी बने विजेता

काठमाडौं - माउन्ट एभरेस्ट मोटरस्पोर्ट्स फेस्टिभलमा आशिष भारती अटोक्रस च्यालेन्ज र नेपाल अटोजिमखाना (पुरुष) तथा आशिष कुमार शाक्य कार्ट्समाण्डु कप र नवाङ्ग मोक्ताङ नेपाल अटोजिमखाना (महिला) मा प्रथम भएका छन‍् ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)को आयोजनामा हिमालयन मोटरल्याड, धुलिखेलमा माउन्ट एभरेस्ट मोटर स्पोर्ट्स फेस्टिभल सम्पन्न भएको हो ।

अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसको स्पोर्ट्स डेभलपमेन्ट प्रोग्राम अन्तर्गत टोटल इनरजिज नेपालको शीर्षक प्रायोजन र बागमती प्रदेश खेलकुद विकास परिषद्को अर्थिक सहयोगमा भएको फेस्टिभलमा मोटर स्पोर्ट्सका चारवटा विधामा रेसका साथै एटिभिडेमो र भिन्टेज कार प्रदर्शनी लगायतका विभिन्न आकर्षण रहेको थियो ।

फेस्टिभलको अटोक्रस च्यालेन्जमा रविन सुनुवार र सुन्दर होना, कार्ट्समाण्डुका प्रविन कार्की र जय प्रताप मास्के, जिमखाना पुरुषमा रविन सुनुवार र दिग्विजय आचार्य तथा जिमखाना महिलामा वर्षा बस्नेत र प्रज्ञा कडेल क्रमशः दोस्रो र तेस्रो भए ।

विजेताहरुले जनही क्रमशः सत्ताईस हजार, नौ हनार र तीन हजार नगद पुरस्कारका साथै सिल्ड सर्टिफिकेट र टोटल इनरर्जिजको गिफ्ट ह्यामपर पनि प्राप्त गरे ।

बागमति प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव दीपक लामाले फ्लाग अफ गरी सुरु गरिएको सो फेस्टिभलमा अटोक्रस च्यालेन्ज, कार्टमाण्डु कप, क्वाड बाइक एभेन्चर र नेपाल अटोजिमखाना (पुरुष र महिला) लगायतका प्रतिस्पर्धामा पचासभन्दा बढी सहभागी रहेका थिए ।

कार्यक्रको सुरुवात गर्दै सदस्य सचिव लामाले नेपाली युवाहरुमा लोकप्रिय स्किल, स्पिड र इन्जीनको संयोजन मोटरस्पोर्टस्मा बागमती खेलकुद परिषद् प्रत्यक्ष संलग्न रहने बताउदै खेलाडीहरुको हौसाला बढाए ।

नेपाल अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल र सल्लाहकार ठाकुर प्रसाद न्यौपाने, टोटल इनर्जिज नेपालका सेल्स हेड सुवोध थापा लगायतले सम्पूर्ण विजेता र खेलाडीलाई हिजो अवेर धुलिखेलमा पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित समाचारहरू

सुर्खेतमा सडक सुरक्षा सम्बन्धि कार्यशाला सम्पन्न

सुर्खेतमा सडक सुरक्षा सम्बन्धि कार्यशाला सम्पन्न

सुर्खेतमा आइतबार सडक सुरक्षा समवन्धि एकदिने कार्यशाला सम्पन्न भएको छ ।...

सिंगापुर ग्रांपीको रोमाञ्चकतामा रमाउदै नेपाली मोटर स्पोर्ट्स प्रेमीहरु

सिंगापुर ग्रांपीको रोमाञ्चकतामा रमाउदै नेपाली मोटर स्पोर्ट्स प्रेमीहरु

सिंगापुर ग्रान्ड प्रिक्स अर्थात छोटकरीमा सिंगापुर ग्रांपी आगामी आइतबार...

नवाङ मोक्तान बनिन् रेसनारी २०२५ राउन्ड १ विजेता

नवाङ मोक्तान बनिन् रेसनारी २०२५ राउन्ड १ विजेता

काठमाडौं – महिला मोटरसाइकल रेसरहरुको प्रतियोगिता रेसनारी २०२५ को राउन्ड १...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...