नेपाल नआईकनै बन्द भए बजाजका यी ३ मोटरसाइकल

काठमाडौं– बजाजले आफ्नो ३ वटा मोडलका मोटरसाइकललाई सधैंका लागि बन्द गर्ने निर्णय गरेको छ । बिक्रीमा निरन्तर गिरावट आएपछि कम्पनीले पल्सर एफ २५०, प्लाटिना ११० एबिएस र सिटी १२५ एक्सलाई अव उप्रान्त बजारमा नल्याउने घोषणा गरेको हो ।

उत्पादन बन्द गर्ने निर्णय लिइएका यी तीनवटै मोटरसाइकल नेपाली बजारमा भने उपलब्ध छैनन् । भारतमा उत्पादन भएका बजाजका अधिकांश मोटरसाइकलले नेपाली बजारमा उच्च प्राथमिकता पाउने भएपनि संयोगबश यी तीनवटै मोडल भने नेपाल आएनन् ।

पल्सर एफ २५० पहिलोपटक लन्च हुँदा यसले २२० एफलाई विस्थापन गर्ने अनुमान गरिएको थियो । नयाँ मोटरसाइकल आएपछि पल्सर २२० एफ बन्द हुने हल्ला चलेपनि अन्तत एफ २५० आँफै बजारबाट विस्थापित हुनुपरेको हो ।

यसैगरी, कम्युटर बाइकमा पहिलोपटक एबिएस दिएर लन्च गरिएको प्लाटिनाले पनि सोचेअनुसार बजार लिन सकेन । एबिएसका कारण यसको मुल्य महंगो परेको र बजारमा माग ज्यादै न्युन भएका कारण बन्द गर्नुपरेको कम्पनीले जनाएको छ ।

अर्को मोडल, सिटी १२५ एक्सलाई पनि मुल्यकै कारण बन्द गर्नुपरेको कम्पनी भनाई छ ।

सम्बन्धित समाचारहरू

अब बजाज ग्रान्ड एक्सचेन्ज मेला विर्तामाेडमा, नागरिकताकै आधारमा बाइक लिन सकिने

अब बजाज ग्रान्ड एक्सचेन्ज मेला विर्तामाेडमा, नागरिकताकै आधारमा बाइक लिन सकिने

विर्तामोड – बजाज मोटरसाइकलको विर्तामोडका लागि आधिकारिक बिक्रेता...

बजाजले १२५ सीसी सेगमेन्ट विस्तार गर्ने, डोमिनार पनि १२५ सीसीमा आउने सम्भावना

बजाजले १२५ सीसी सेगमेन्ट विस्तार गर्ने, डोमिनार पनि १२५ सीसीमा आउने सम्भावना

बजाज मोटरसाइकल ग्राहक माझ धेरै लोकप्रिय छ । अब बजाजले १२५ सीसी लाइनअप पनि...

तौलिहवामा बजाज प्लाटिनाको माइलेज च्याम्पियन सम्पन्न

तौलिहवामा बजाज प्लाटिनाको माइलेज च्याम्पियन सम्पन्न

काठमाडौँ– तौलिहवामा बजाज प्लाटिनाको माइलेज च्याम्पियन सम्पन्न भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...