४२ र ५१.४ किलोवाट आवर ब्याट्री प्याकमा आउने भयो क्रेटा ईभी, सार्बजनिक भयो बिस्तृत विवरण

हुन्डाईले आधिकारिक लन्च अगावै आफ्नो बहुप्रतिक्षित क्रेटा ईभी सार्वजनिक गरेको छ । नयाँ ईभी आगामी जनवरी १७ मा हुने भारत मोबिलिटी एक्सपोमा प्रदर्शन गरिँदैछ ।

क्रेटा ईभी ४२ र ५१.४ किलोवाट आवर क्षमताको ब्याट्री विकल्पमा उपलब्ध हुने जनाइएको छ । जसले क्रमशः ३९० र ४७३ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । साथै, लङ रेन्ज भर्सनले ७.९ सेकेन्डमा ०–१०० किमी/घन्टाको गतिमा स्प्रिन्ट गर्न सक्ने दाबी गरेको छ ।

सो नयाँ ईभीको ब्याट्रीलाई फास्ट चार्जर प्रयोग गरेर ५८ मिनेटमा १० देखी ८० प्रतिशत र ११ किलोवाटको स्मार्ट कनेक्टेड वाल बक्स चार्जर प्रयोग गरेर ४ घण्टामा १० देखी १०० प्रतिशत चार्ज गर्न सकिन्छ । भेहिकल टु लोड समेत उपलब्ध यस कारले प्रयोगकर्ताहरूलाई बाह्य उपकरणहरू पावर गर्न सक्षम पार्छ ।

एक्जिक्यूटिभ, स्मार्ट, प्रिमियम र एक्सिलेन्स गरी कुल चार भेरिएन्टमा उपलब्ध हुने सो विद्युतीय एसयूभीमा सिफ्ट–बाय–वायर प्रणाली रहेको छ । डिजिटल चाबीका साथ आउने यसले प्रयोगकर्ताहरूलाई आफ्नो स्मार्टफोन वा स्मार्टवाच प्रयोग गरेर गाडी लक, अनलक र स्टार्ट गर्न अनुमति दिन्छ ।

क्रेटा ईभीको बाहिरी आवरण रेगुलर क्रेटाको जस्तै हुनेछ । यसमा ठाडो स्ट्याक गरिएको हेडल्याम्प, एल–आकारको एलईडी डिआरएल तथा टेललाइट र दुबै छेउमा एलईडी लाइट बार राखिएका छन् । कार कम रोलिङ प्रतिरोधी टायरको साथ एरो–अप्टिमाइज्ड १७ इन्च डुअल–टोन एलोय ह्वीलमा उपलब्ध हुनेछ ।

क्रेटा ईभी ८ मोनोटोन र २ डुअल–टोन कलर विकल्पहरूमा आउनेछ, जसमा ३ म्याट कलर उपलब्ध हुनेछ । यस नयाँ कारको मुल्य भने १७ जनवरीमै सार्बजनिक हुनेछ ।

सम्बन्धित समाचारहरू

आज लन्च हुँदैछ हुन्डाई अल्काजार, यस्तो हुनेछ १५ मुख्य फिचर

आज लन्च हुँदैछ हुन्डाई अल्काजार, यस्तो हुनेछ १५ मुख्य फिचर

हुन्डाईले तीन पंक्ति भएको हुन्डाई अल्काजार लन्च गर्ने भएको छ । सो कार खरिद...

६ महिनामै १ लाख यूनिट बिक्री भयो नयाँ क्रेटा, नेपालमा उपलब्ध हुँदै

६ महिनामै १ लाख यूनिट बिक्री भयो नयाँ क्रेटा, नेपालमा उपलब्ध हुँदै

काठमाडौं – हुन्डाईको सर्बाधिक सफल एसयूभी क्रेटाको फेसलिफ्ट भर्सन लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...