२ वर्षमा २ हजार ‘मेड इन नेपाल’ हुन्डाई गाडी : सीप विकास र औद्योगिक भविष्य निर्माणतर्फको कदम
हुन्डाई नेपाल अर्थात नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...
हुन्डाई इन्डियाले भारतको घरेलु बजारमा सन् २०२४ मा रेकर्ड हाई सेल अर्थात हाल सम्मकै सबैभन्दा धेरै कार बिक्री गरेको छ । घरेलु बजारमा हुन्डाईले सो वर्ष ६ लाख ५ हजार ४३३ युनिट गाडी बिक्री गरेको हो ।
हुन्डाईले अन्तर्राष्ट्रिय बजार समेत गरी यो वर्ष ७ लाख ६४ हजार ११९ युनिट गाडी बिक्री गरेको छ । डिसेम्बर महिनामा मात्रै हुन्डाईले समग्रमा ५५ हजार ७८ युनिट गाडी बिक्री गरेको छ ।
हुन्डाई मोटर इन्डियाका डाइरेक्टर तथा चिफ अपरेटिङ अफिसर तरुण गर्गले तीन वर्ष सम्म लगातार रुपमा हुन्डाईको बिक्री बढिरहेको बताए । उनका अनुसार यो वर्ष १ लाख ८६ हजार ९१९ युनिट बिक्रीका साथ भारतीय बजारमा हुन्डाई क्रेटा एसयूभी लिडर बनेको छ । डोमेस्टिक एसयूभी बजारमा क्रेटाको योगदान ६७.६ प्रतिशत रहेको छ ।
यो वर्ष क्रेटा ईभी समेत लन्च हुने र यसबाट सो एसयूभी चाहने ग्राहक अझै बढ्ने अपेक्षा गरिएको छ ।
हुन्डाई क्रेटा वाहेक सो वर्ष भारतमा लोकप्रिय बनेका मोडलमा हुन्डाई भेन्यु र टुसान रहेका छन् ।
हुन्डाईको बिक्रीमा १३.१ प्रतिशत योगदान सीएनजी भर्सनको समेत रहेको छ । हुन्डाई अउरा र ग्रान्ड आई१० नियोस लगायतका गाडीले यसमा भूमिका खेलेका छन् ।
हुन्डाई नेपाल अर्थात नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...
दुबईमा सुनले बनेको कारको बारेमा पक्कै सुन्नुभएकै होला ? यी सुनौलो कारहरू...
हुन्डाईको लोकप्रिय सब–कम्प्याक्ट एसयूभी भेन्यु सन् २०१९ मा लन्च भएदेखि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...