एट्टो ३, सिल र डल्फिन लिएर दक्षिण कोरिया प्रवेश गर्दै बीवाईडी

चिनियाँ ईभी निर्माता बीवाईडी पहिलोपटक दक्षिण कोरियाली बजारमा प्रवेश गर्ने भएको छ । जनवरी १६ मा आफ्नो कोरिया प्रवेश घोषणा गर्ने उसको तयारी छ ।

कोरियामा बीवाइडीले १६ वटा शोरुम एकैपटक संचालनमा ल्याउने जनाएको छ । यी शोरुममार्फत आफ्नो सर्बाधिक लोकप्रिय मोडल एट्टो ३, सिल र डल्फिन बिक्री गर्ने उसको तयारी छ । कम्पनीले पहिलो वर्ष १० हजार ईभी बिक्री गर्ने लक्ष्य समेत सार्बजनिक गरेको छ ।

कोरियाली ब्रान्ड हुन्डाई र किया आफै पनि ईभी रेसमा अघि बढेका कारण बीवाईडीको कोरिया यात्रा भने निकै कठिन हुने अनुमान गरिएको छ । त्यसमाथी कोरियामा पछिल्लो समय ईभीमा उपभोक्ताको आकर्षण घट्दो क्रममा देखिन्छ । यस वर्ष कोरियामा ईभीको बिक्री २५ प्रतिशत हाराहारीले घट्ने एक अध्ययनले देखाएको छ ।

सन् २०२३ मा कोरियाको छिमेकी राष्ट्र जापान समेत प्रबेश गरेको बीवाईडीले अहिले त्यहाँ राम्रो बजार पाइरहेको छ । जापजिन ब्रान्डले हालसम्म पनि ईभी उत्पादनमा जोड नदिदा यसको लाभ बीवाईडीलाई जापानमा पुगेको हो । जापानको ईभी बजारमा बीवाईडीले अहिले ३ प्रतिशत हाराहारी बजार हिस्सा पाएको छ ।

सम्बन्धित समाचारहरू

बीवाईडी राकोका कारण जापानको के–कार बजार खतरामा–सुजुकी

बीवाईडी राकोका कारण जापानको के–कार बजार खतरामा–सुजुकी

२०२५ टोकियो मोटर शोमा बीवाईडीले आफ्नो पहिलो के–कार राकोको डेब्यू गरेसंगै...

अटो शोमा बुकिङ लिएका ग्राहकले पाउन थाले डल्फिन

अटो शोमा बुकिङ लिएका ग्राहकले पाउन थाले डल्फिन

काठमाडौं– नाडा अटो शो–२०२३ मा बीवाइडी डल्फिन वुकिङ लिएका ग्राहकले गाडी...

बीवाईडी नेपाल र डिलर नेटवर्कले चीनमा पाए १० प्रतिष्ठित अवार्ड

बीवाईडी नेपाल र डिलर नेटवर्कले चीनमा पाए १० प्रतिष्ठित अवार्ड

चीनको शेन्जेनमा आयोजित एसिया प्यासिफिक डिलर कन्फ्रेन्स २०२६ मा नेपालका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...