शुरु हुने भयो चितवनबाटै लाइसेन्स वितरण
चितवन – यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु...
काठमाडौं - भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी चालक अनुमतिपत्र तथा वितरणको काम अब प्रदेशस्तरबाटै गरिनुपर्ने बताएका छन् ।
यातायात व्यवस्था विभागले हिजो आयोजना गरेको यातायात क्षेत्रमा देखापरेका समस्या समाधान एवम् विगतमा भएका निर्णयको कार्यान्वयन विषयक कार्यक्रममा उनले यस प्रक्रिया सहज र सरल बनाउन यससम्बन्धी कार्य गरिनुपर्नेमा जोड दिएका हुन् ।
मन्त्री दाहालले भने, “यातायात व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको समेत भएकाले सवारी चालक अनुमतिपत्र छपाइ, नवीकरण एवम् वितरणजस्ता कार्य अब प्रदेशस्तरबाटै हुनुपर्छ । बरु एउटा ‘कटअप डेट’ तोकेर त्यसपछिको काम प्रदेशबाटै हुने गरी सबै प्रदेशले यससम्बन्धी कार्य गर्ने तयारी गर्नुपर्छ ।”
मन्त्रालयका सचिव केशवकुमार शर्माले सवारी चालक अनुमतिपत्र छपाइमा रहेका जटिलताको अन्त्य गरी प्रदेशस्तरबाटै छपाइ र वितरणको व्यवस्था गर्न यातायात विभाग र प्रदेशबीच समन्वय हुनुपर्ने बताए । यस्तै छपाइ भएका ‘ईम्बोष्ड नम्बर प्लेट’ जडान कार्यलाई तीव्रता दिन उनले आग्रह गरे ।
विभागका महानिर्देशक राजिव पोखरेलले यातायात क्षेत्रको सेवा प्रवाहमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयका लागि कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा सबै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयका सचिवको सहभागिता रहेको थियो ।
चितवन – यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु...
कारमा हुने विभिन्न प्रविधिमध्ये ३६० डिग्री क्यामेरा र पार्किङ सेन्सर...
काठमाडौं । नेपाली युवाहरु मिलेर बनाएको राइडिङ शेयर एप ‘सवारी’को ब्राण्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...