होन्डा एनएक्स २०० को विशेष मिडिया टेस्ट राइड सम्पन्न

काठमाडौं – नेपालको दुईपांग्रे सवारी साधन बजारमा नयाँ राइडिङ अनुभूति प्रदान गर्दै होन्डाको आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनी प्रालिले होन्डा एनएक्स २०० को विशेष मिडिया टेस्ट राइड कार्यक्रम आयोजना गरेको छ । ‘फ्रम सिटी लाइट्स टु माउन्टेन हाइट्स, राइड इट अल’ भन्ने मुख्य नारामा आधारित सो कार्यक्रममा मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई सहरको बाटो र पहाडी ट्रेलहरूमा बाइकको बहुप्रयोजन र प्रदर्शन अनुभव गराइयो ।

टेस्ट राइड होन्डाको एकान्तकुना सर्भिस सेन्टरबाट सुरु भई नख्खु, चोभार, चोभार ड्राइपोर्ट, टौदह, चाल्नाखेल, फर्पिङ हुँदै हात्तिवनको जङ्गल पार गर्दै हात्तिवन हिमालयन हाइट रिसोर्टमा पुगेर टुंगिएको थिया । यसले सहरको बाटो, उकालो र कठोर ट्रेलको मिश्रित मार्गले मिडिया प्रतिनिधिहरू र इन्फ्लुएंसरहरूलाई एनएक्स २०० को बहुमुखी प्रदर्शन र क्षमता प्रत्यक्ष अनुभव गर्न मौका दिएको छ ।

एनएक्स २०० मिट एन्ड ग्रिट कार्यक्रममा साहसिक यात्रा प्रेमी र सहरमा सवार गर्न रुचाउने राइडरहरू एकै ठाउँमा भेला हुने मौका पाए । यसले बाइकको ‘एडभेन्चर–क्रसओभर स्टाइलिङ’ र बहुप्रयोजन क्षमता प्रस्तुत गरेको छ । बाइकमा रहेको युएसडी (अपसाइड डाउन) गोल्डेन फ्रन्ट सस्पेन्सनले अप्ठ्यारा बाटोहरू सहजै पार गर्न सक्षम बनाउनाले एनएक्स २०० बाइकले अफरोड यात्राका लागि विशेष गरी नेपालको युवा पुस्तामाझ लोकप्रियता कमाएको छ ।

यसमा रहेको स्लिपर क्लचले गियर परिवर्तन सहज बनाउँछ भने सिंगल च्यानल एबीएसले ब्रेक लगाउँदा सुरक्षा र नियन्त्रण बढाउँछ । २०२४ मार्चमा सार्वजनिक गरिएको यो बाइकले माथि उठेको ह्यान्डलबार र अपराइट बसाइको सुविधासहित लामो यात्राका लागि आरामदायी राइड प्रदान गर्दछ ।

कार्यक्रमपछि प्रकृतिमय हात्तीवन हिमालयन हाइट रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

सम्बन्धित समाचारहरू

होन्डा हाइनेस सीबी ३५० को खुल्यो नेपालमा बुकिङ, बुकिङ गर्दा ५० हजार छुट

होन्डा हाइनेस सीबी ३५० को खुल्यो नेपालमा बुकिङ, बुकिङ गर्दा ५० हजार छुट

काठमाडौं – नेपाली बजारमा होन्डाको नयाँ बाइक हाइनेस सीबी ३५० उपलब्ध हुने...

महंगो भयो डिओ १२५, यस्तो छ नयाँ मूल्य

महंगो भयो डिओ १२५, यस्तो छ नयाँ मूल्य

काठमाडौं– होन्डाको लोकप्रिय स्कुटर डिओ १२५ थप महंगो भएको छ । नेपालका लागि...

हिरो स्प्लेन्डरसंग प्रतिस्पर्धा गर्न होण्डाले १०० सीसीको नयाँ मोटरसाइकल ल्याउने

हिरो स्प्लेन्डरसंग प्रतिस्पर्धा गर्न होण्डाले १०० सीसीको नयाँ मोटरसाइकल ल्याउने

जापनिज टु ह्विलर निर्माता होण्डाले भारतीय बजारमा १०० सिसीको नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...