लक्ष्मी ग्रुपले मनायो ५१ औं वार्षिकोत्सव, गरियो विविध कार्यक्रम

काठमाडौं - लक्ष्मी ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सव मनाएको छ । ग्रुपले आफ ूमातहतका विभिन्न संस्थामार्फत विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम गर्दै आफ्नो ५१औं वार्षिकोत्सव सम्पन्न गरेको हो ।

ग्रुपअन्तर्गतको कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको सेरेब्रल पल्सी सेन्टरमा ६० जना बढी बालबालिकालाई स्टेसनरी र अन्य सामग्री उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
त्यस्तै ग्रुपले रक्तदान कार्यक्रम सञ्चालन गर्योे । जसमा १०० भन्दा बढी कर्मचारीले सहभागिता जनाएका थिए ।

लक्ष्मी ग्रुपअन्तर्गतको हुन्डाई काठमाडौंले नक्सालस्थित भाटभटेनी मन्दिर र वरपर सफाइ अभियान सञ्चालन पनि गरेको छ ।

सन् १९७३ मा लक्ष्मी मिठाइ भण्डारको रुपमा मिठाइ उत्पादनबाट व्यवसाय शुरू गरेको लक्ष्मी ग्रुप कन्फेक्सनरी, निर्माण सामग्री, गाडी तथा कम्पोनेन्टको बिक्री–वितरण र होम एप्लाएन्सेसलगायत अन्य गुणस्तरीय उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको प्रतिष्ठित समूह बनेको छ ।

लक्ष्मी ग्रुपले  हाल कन्फेक्सनरी, डेरी, प्लाष्टिक, अटोमोबाइल, इलेक्ट्रोनिक्स र स्टील लगायत क्षेत्रमा लगानी विस्तार गरेको छ । नेपाली बजारमा लक्ष्मी ग्रुपले हुन्डाई र बीएमडब्ल्यु कार तथा टोटल लुब्रिकेन्टलगायत विभिन्न अटोमोबाइल सम्बद्ध व्यवसाय गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

थप २५ स्थानमा डीसी फास्ट चार्जिङ स्टेशन निर्माण गर्दै हुन्डाई नेपाल, भित्रिदै क्रेटा ईभी

थप २५ स्थानमा डीसी फास्ट चार्जिङ स्टेशन निर्माण गर्दै हुन्डाई नेपाल, भित्रिदै क्रेटा ईभी

काठमाडौं – हुन्डाई मोटर्सले नेपालका विभिन्न २५ स्थानमा डीसी फास्ट...

दुबईका शेखका लागि कसले बनाउछ सुनको गाडी ?

दुबईका शेखका लागि कसले बनाउछ सुनको गाडी ?

दुबईमा सुनले बनेको कारको बारेमा पक्कै सुन्नुभएकै होला ? यी सुनौलो कारहरू...

जनवरी १ देखि भारतमा यी ब्रान्डले कारको मुल्य वृद्धि गर्दै, कसले कति बढाउँदै ?

जनवरी १ देखि भारतमा यी ब्रान्डले कारको मुल्य वृद्धि गर्दै, कसले कति बढाउँदै ?

काठमाडौं–भारतका अधिकांश अटो निर्माताले नयाँ वर्ष २०२५ को पहिलो दिनबाटै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...