बस र ट्रकको विन्डस्क्रिन सिधा हुन्छ तर कारमा किन ढल्किएको हुन्छ? कारण जान्नुहोस्
सवारी साधनका चालकलाई हावा, घाम र पानीबाट बच्नको लागि सवारी साधनको अगाडि...
सिएफ मोटो तथा जिहो टु ह्विलर्सका लागि नेपालको एक मात्र आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले बागमती प्रदेशको राजधानी हेटौंडामा डिलर विस्तार गरेको छ ।
मकवानपुर जिल्लाको सदरमुकाम समेत रहेको हेटौँडा बजारमा कम्पनीले पाँचौँ डिलर विस्तार गर्न सफल भएको हो । यति मोटर्स हेटौँडा अब सिएफ मोटो तथा जिहोका लागि आधिकारिक डिलर नियुक्त भएको छ । यति मोटर्सको शोरुम शनिवार एक कार्यक्रमबिच उद्घाटन गरिएको छ । बिक्री तथा बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै शोरुम उद्घाटन गरिएको कम्पनीले जनाएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै मोटर्सका सञ्चालक ईश्वर श्रेष्ठले सिएफ मोटो र जिहो दुवै ब्रान्ड हेटौँडा तथा आसपासको क्षेत्रमा लोकप्रिय हुने विश्वास व्यक्त गरेका छन् । राम्रो ब्रान्ड भएकाले आफूले डिलर लिएको बताउँदै उनले ग्राहकलाई स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘बिक्री पछिको सेवालाई प्रमुख प्राथमिकतामा राख्दै सेवा प्रदान गर्नेछौँ,’ उनले भने ।
शोरुममा सिएफ मोटोको एनके २५० तथा जिहो ब्रान्डको एई६ प्लस, एई ६ प्लस एलआर, एई४ तथा एई४ एलआर बिक्री तथा प्रदर्शनीमा राखिएको छ । शोरुममा आएर ग्राहकले यी ब्रान्डको बाइक तथा स्कुटर टेष्ट ड्राइभ गर्न सक्ने सञ्चालक श्रेष्ठले जानकारी दिएका छन् । शोरुम उद्घाटनको अवसरमा सिएम मोटो र जिहोका बाइक तथा स्कुटरको र्यालीसमेत आयोजना भएको छ। शोरुम उद्घाटनको अवसरमा बाइक तथा स्कुटर खरिदमा विशेष छुट उपलब्ध गराइएको थियो ।
सिएफ मोटोको २५० सिसी क्षमताको एनके २५० युवा पुस्ता माझ लोकप्रिय छ । यसको अधिकतम इन्जिन क्षमता २०.५ किलोवाट छ । टर्क २२ एनएम, ड्युअल च्यानल एबीएस, १२.५ लिटरको फ्युल ट्यांक क्षमता, इलेक्ट्रिक फ्युल इन्जेक्सन तथा एलईडी डिस्प्ले लगायतका विशेषता सो बाइकमा उपलब्ध छन् ।
त्यस्तै जिहोको हालै बजारमा आएको एई४ मोडलको ३ किलोवाट हव मोटर, २ किलोवाट आवरको लिथियम ब्याट्री, इलेक्ट्रिक ट्रान्जिक्सन कन्ट्रोल, एनएफसी कार्ड तथा जिहो एप्सबाट सञ्चालन गर्न सकिने र ३१ लिटर बराबरको बुथ स्पेस लगायतका विशेषता पाउन सकिन्छ । हेटौँडास्थित स्थानीय व्यवसायी, बैंकर्श, रिकण्डिसन व्यवसायी तथा सञ्चारकर्मी लगायतको उपस्थितिमा शोरुम उद्घाटन गरिएको हो ।
सवारी साधनका चालकलाई हावा, घाम र पानीबाट बच्नको लागि सवारी साधनको अगाडि...
काठमाडाैँ – सरकारले आगामी असोजदेखि भक्तपुरको सूर्यविनायकदेखि...
काठमाडौँ – काठमाडौँभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...